कुलतका बिरामीलाई नशामुक्त बनाउँदै मनोचिकत्सकहरू

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २७ असार, २०८१
२ वर्षअघि

विराटनगर । अस्पतालमा उपचार गराएर नशामुक्त भई पुनर्जीवन पाउन सकिन्छ भन्ने धेरै लागू औषधको कुलतमा परेर सिकिस्त भएका बिरामीहरूले अझै थाहा पाउन सकेका छैनन्।

यसैले अझै धेरै कुलतका बिरामीहरू उपचार अभावमा शारीरिक र मानसिक रोगी बनिरहेका छन्। साथै अस्पतालको उपचार अभावले अझै धेरै बिरामीहरू नशामुक्त हुन सुधार केन्द्रको भर पर्न पनि बाध्य भइरहेका छन्।

Advertisement

तर आजकल लामो समय लागू पदार्थहरू रक्सी, गाँजा, ब्राउन सुगर र मेडिकल ड्रग्स (ट्याब्लेट र सुई, सिरप) प्रयोग गरेर शारीरिक र मानसिक रूपमा असक्त भएका बिरामीहरूलाई विशेषज्ञ चिकित्सकहरूले अस्पतालमा भर्ना गरेर प्रत्यक्ष निगरानीमा सफल उपचार गर्न थालेका छन्।

सुधार केन्द्र छाडेर अस्पताल आउन थाले बिरामी

आजकल सुविधा सम्पन्न अस्पतालहरूमा दक्ष मनोचिकित्सकहरूबाट नशामुक्त बनाउने सफल उपचार हुन थालेपछि लागू औषध सेवन गरेर शारीरिक र मानसिक रूपमा असक्त भएका बिरामीहरू सुधार केन्द्र जान छाडेर अस्पताल आउने क्रम बढ्न थालेको छ।

चिकित्सकहरूका अनुसार पहिले अस्पतालहरूमा नशामुक्त हुने उपचार गराउन लागू औषधका बिरामीहरू एक दुई जना मात्र आउने गर्दथे। तर ठूला अस्पतालहरूले मानसिक विभाग स्थापना गरेर दक्ष मनोचिकित्सकहरूबाट स्वदेशमै भरपर्दो उपचार गराउन थालेपछि नशामुक्त हुन अस्पतालमा आउने बिरामीहरू आकर्षित हुन थालेको चिकित्सकहरूको भनाइ छ।

हाल मोरङको बुढीगंगा २ मा रहेको विराट शिक्षण अस्पतालमा मात्र मानसिक विभागमा दैनिक बीस जनाभन्दा बढी लागू पदार्थ सेवन गर्ने सिकिस्त बिरामीहरूको उपचारका लागि भर्ना हुन थालेका छन्।

यसरी गर्छन् चिकित्सकहरू कुलतका बिरामीको उपचार

अस्पतालमा शारीरिक मानसिक रूपमा सिकिस्त भएर आएका लागू औषधका बिरामीहरूलाई विशेषज्ञ मनोचिकित्सकहरूले मानसिक विभागमा विज्ञहरूको टिम नै परिचालन गरेर उपचार गर्ने गर्दछन्।

अस्पतालमा आएका बिरामीहरूको चिकित्सकहरूले पहिले बिरामीको अवस्था बुझेर ‘बेसलाइन चेक’ अन्तर्गत पहिले बिरामीको सुगर, प्रेसर, मृगौला, कलेजो, पिसाब, मुटु र रगत आदि चेकजाँच गर्ने गराउने गर्दछन्। त्यसपछि जाँचको रिपोर्टका आधारमा बिरामीहरूलाई मानसिक विभागअन्तर्गत कसैलाई सघन त कसैलाई सामान्य कक्षमा राखेर चिकित्सकहरूले प्रत्यक्ष निगरानीमा चौबीसै घण्टा उपचार गर्दछन्।

उपचारका क्रममा कुलतका बिरामीहरूको शारीरिक मानसिक अवस्था अनुसार क्रमशः फिजिकलसँगै कुलतमुक्त गराउने औषधि सेवन गराउने गर्दछन्।

यसरी अस्पतालमा १० देखि एक महिनासम्म भर्ना भएर विज्ञ चिकित्सकहरूको निगरानीमा प्रत्यक्ष उपचार गरेका बिरामीहरू कम्तीमा छ महिनादेखि एक वर्षसम्म नियमित औषधि सेवन गरेर नशामुक्त हुने गरेका छन्।

उपचार हुन थालेपछि कुलतमुक्त हुन अस्पताल आउने बिरामीहरू बढ्न थाले

सुविधा सम्पन्न अस्पतालहरूले दक्ष विशेषज्ञ चिकित्सकहरू नियुक्त गरेर मानसिक विभागमा उपचार गर्न थालेपछि पहिले सुधार केन्द्रमा जाने र घरमै रोगी भएर बस्न बाध्य भइरहेका लागू पदार्थका बिरामीहरू आजकल उपचार गराउन अस्पतालमा आउने क्रम बढ्न थालेको मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख मनोचिकित्सक प्रोफेसर डाक्टर नवराज कोइराला बताउँछन्।

विज्ञ मनोचिकित्सक कोइरालाका अनुसार आजकल अस्पतालमा सफल उपचार हुन थालेपछि दैनिक बीस जनासम्म कुलतमुक्त हुने उपचार गराउन बिरामीहरू विराट अस्पतालमा आउन थालेका छन्।

कुलतमुक्त उपचारमा अझै प्रचारप्रसारको कमी

चिकित्सक कोइरालाका अनुसार अझै दक्ष चिकित्सकहरूबाट सुविधासम्पन्न अस्पतालहरूमा सस्तो खर्चमा भरपर्दो तरिकाले नशामुक्त गराउने उपचार हुन्छ भन्ने धेरै बिरामी र आफन्तहरूले जानकारी पाइसकेका छैनन्।

यसैले जानकारी अभावले पनि आउनुपर्ने जति कुलतका बिरामीहरू उपचार गराउन अस्पताल आउने गरेका छैनन्। अस्पतालमा गएर कुलतमुक्त भएर पुनर्जीवन पाउन सकिन्छ भन्ने सबैले जानकारी पाएमा अस्पतालमा उपचार गराएर कुलतमुक्त हुन आउने बिरामीको संख्या उल्लेख्य रूपले बढ्ने छ।

मनोविज्ञ चिकित्सक डा. कोइराला भन्छन्, “कुलतमा परेर शारीरिक र मानसिक बिरामी भएकाहरूको अस्पतालमा भरपर्दो र सस्तो उपचार हुन्छ भन्ने अझै प्रचार प्रसार हुन सकेको छैन।

यसैले अझै धेरै बिरामीहरूको पहुँच अस्पतालसम्म पुग्न सकेको छैन। तर उचित प्रचारप्रसार भएमा धेरै जना बिरामीहरू अस्पतालमा आएर उपचार गराएर नशामुक्त भएर पुनर्जीवन पाउनेहरूको संख्या उल्लेख्य बढ्ने छ।”

अस्पतालमा उपचार गराउने बिरामीहरू कुलतमुक्त हुन्छन्

विज्ञ चिकित्सकहरूका अनुसार लामो समय नशा सेवन गरेर शारीरिक र मानसिक रूपमा बिरामी भएका रोगीहरू प्रायः आफूलाई बिरामी ठान्दैनन्। यसैले धेरै बिरामीहरूले उपचारका लागि अस्पताल आउन अटेर गर्ने गरेका छन्। बिरामी भएको महसुस गर्नेहरू धेरैजनाले पनि अस्पतालमा उपचार गराएर नशामुक्त हुन सकिन्छ भन्ने अझै विश्वास गर्ने गरेका छैनन्। यसैले उनीहरू अस्पतालमा भर्ना भएर चिकित्सकको निगरानीमा उपचार गराउन अस्पताल जान हिचकिचाउने गरेका छन्।

अस्पतालमा सफल उपचार हुन्छ भन्ने जानकारीको अभावमा अझै आफन्त र अभिभावकहरूले कुलतमुक्त बनाउने आशामा बिरामीलाई महँगो शुल्क तिरेर सुधार केन्द्रमा भर्ना गरिदिने गरेका छन्। तर सुधार केन्द्रमा चिकित्सकको निगरानीमा बिरामीको चेकजाँच र औषधि उपचार हुँदैन।

यसैले केही महिना सुधार केन्द्रमा बसेर नशा सेवनबाट ‘डिसकनेक्ट’ भएकै भरमा बिरामीहरू दुर्व्यसनको बिमारबाट मुक्त हुन सक्दैनन्। बरु पटक पटक सुधार केन्द्रमा बसे पनि उनीहरू निस्केर समाजमा गएपछि नशामुक्त भएर पुनर्स्थापना हुनुको साटो पुनः लागू औषध सेवन गर्न थालेर बिरामी बनिरहन्छन्।

जसले गर्दा घर परिवारले मात्र नभएर समाजले समेत हानि नोक्सानी बेहोर्नु पर्दछ। उपचार अभावले नशामुक्त हुन नपाउँदा उनीहरूको जीवन सधैंका लागि अन्धकार मात्र बन्दैन मृत्यु पनि हुने गर्दछ। मनोचिकित्सकहरूका अनुसार अस्पतालमा आएर उपचार गराएमा लागू औषध सेवन गर्ने बिरामीहरू केही महिनापछि नै निको भएर पुनर्जीवन पाउन सफल हुन्छन्।

विराट शिक्षण अस्पतालमा कुलतका बिरामीहरूको उपचार गर्दै आएका मनोचिकित्सकहरू भन्छन्, “अटेर गरेर गति छाडी औषधि नै खान छाडेर पुनः नशा गर्ने बिरामीहरू मात्र हत्तपत्त निको हुँदैनन् तर अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गरेका बिरामीहरू प्रायः सबै कुलतमुक्त भइरहेका छन्।”

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०