आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण बढ्दो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ असार, २०८१
५ महिनाअघि

विराटनगर । आयुर्वेदिक चिकित्सा उपचार पद्धतिलाई सुलभ, भरपर्दो, विश्वसनीय, लोकप्रिय र प्रभावकारी मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पनि आयुर्वेदलाई एक प्रमुख चिकित्सा प्रणालीको रूपमा स्वीकार गरिसकेको छ ।

मानिसहरूको बढ्दो आकर्षणलाई मध्येनजर गरेर पश्चिमा मुलुकहरूले पनि आयुर्वेदिक चिकित्सा पद्धतिका विषयमा विज्ञानसम्मत ढंगले अध्ययन र अनुसन्धान गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन सफल बन्दै गएको आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङले अथक प्रयास गरिरहेको छ ।

आयुर्वेदिक उपचारमा जनविश्वास बढ्दै गएका बेला यस केन्द्रले स्वास्थ्य रक्षाका लागि विविध उपचारात्मक, प्रवद्र्धनात्मक सेवा र प्रचारात्मक क्रियाकलाप गरिरहेको छ ।

परापूर्व कालदेखि हामीले वैकल्पिक उपचारको रूपमा आयुर्वेदिक उपचारलाई अपनाउँदै र विश्वास गर्दै आएका छौं ।

आयुर्वेदको प्रभाव एलोपेथिकको जस्तो तुरुन्तै नभए पनि यसले दीर्घकालीन रूपमा रोगमुक्त गराउनेमा सेवाग्राही ढुक्क छन् ।

अरू विधिबाट उपचार गराउँदा निको नभएका बिरामीले आयुर्वेदिक पद्धतिबाट उपचार गराउँदा केही राहत लिएको महसुस गरेको सेवाग्राही बाबुराम राई बताउँछन् ।

आयुर्वेदिक उपचार पद्धति प्रभावकारी हुँदाहुँदै पनि प्रचार–प्रसार अभावका कारण यसप्रति अपेक्षित रूपमा आकर्षण बढ्न सकेको छैन ।

जनमानसमा अझै पनि आयुर्वेदिक उपचारका बारेमा पर्याप्त सचेतना नफैलिँदा सर्वसाधारण चर्को मूल्य तिरेर अरू विधिबाट उपचार गराउन बाध्य छन् ।

अरू किसिमको विधिबाट उपचार गराउँदा चाँडै रोगमुक्त हुने भन्दै खर्चको बोझ बोक्ने सेवाग्राही साइडइफेक्टलगायत समस्या झेल्नुपरेपछि यहाँ आइपुग्ने गरेका छन् ।

विशेषगरी ग्याष्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथ लगायत समस्याका बिरामीले यहाँबाट सेवा लिने गरेका छन् ।

आयुर्वेदिक स्वास्थ्योपचार पद्दतिमा कमै विश्वास गर्नेहरू पनि अहिले आयुर्वेदिक औषधिको भर पर्न थालेका छन् ।

यहाँ छोटो समय उपचार गराउँदा नै आफ्नो स्वास्थ्यमा सुधार महसुस भएको सेवाग्राही टीकामाया बाँस्तोला
बताउँछिन् ।

स्वास्थ्य जीवनको आधार आयुर्वेदिक जीवन शैली र उपचार भन्ने उद्देश्य लिएर अनवरत लागिपरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङमा सेवा लिनेहरूको संख्या बढ्न थालेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको यस केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्म ३७ हजार आठ सय १४ जना बिरामीले सेवा लिएका छन् ।

गएको आर्थिक वर्षमा १९ हजार जनाले ओपिडी सेवा लिँदा त्यसभन्दा अघिल्लो वर्ष १४ हजार जनाले बहिरंग सेवा लिएका थिए ।

अहिले सरदर एक सयभन्दा बढी सेवाग्राही विशिष्टिीकृतसहितको सेवा लिन यहाँ आउने गरेको सेवा केन्द्रले जनाएको छ ।

मोरङसहित कोशी प्रदेशका अरू जिल्ला, मधेश प्रदेशका जिल्ला अनि छिमेकी मुलुक भारतका बिरामी पनि यहाँ आउने गरेको सेवाकेन्द्रको तथ्यांक छ ।

विशेषगरी हड्डी खिइने रोगजस्ता हाडजोर्नी तथा नसासम्बन्धी रोगबाट पीडित बिरामी, बाथ, पेटसम्बन्धी समस्या, डिप्रेसनजन्य मानसिक समस्या लिएर बिरामी यहाँ आउने गरेको पञ्चकर्म विशेषज्ञ मिसान्त ढकाल बताउँछन् ।

२०५३ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मोरङका विभिन्न पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेर आफ्नो सेवा विस्तार गरेको छ ।

जहदा, लेटाङ, रंगेली, मिक्लाजुङ र कानेपोखरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको उर्लाबारी, बेलबारी र रतुवामाईमा आयुर्वेद औषधालय पनि सञ्चालन गरिरहेको छ ।

यस केन्द्रबाट आयुर्वेद बहिरंगसेवा, पञ्चकर्म, शल्य चिकित्सा, अन्तरंग, अग्नीकर्म, होमियोप्याथिक चिकित्सा, उपचारात्मक योग, स्वस्थ जीवन परामर्श सेवा दिइने गरिएको छ ।

नागरिक आरोग्य सेवा केन्द्रबाट सामान्य चिकित्सा, स्तनपायी आमा तथा मातृ शिशु सुरक्षात्मक, जेष्ठ नागरिक स्वास्थ्य संरक्षण तथा प्रवर्धनात्मक, प्रयोगशाला, निःशुल्क औषधि वितरण र सःशुल्क फार्मेसी सेवालगायत सेवाहरू प्रदान गरिँदै आइएको छ ।

रोग लाग्नेको उपचारमा कुनै कसर नछोड्ने यस आयुर्वेद स्वास्थ्य केन्द्रले स्वास्थ्य प्रवद्र्धन सेवाका रूपमा रोग लाग्नै नदिनेगरी काम गरिरहेको वरिष्ठ कविराज निरीक्षक बैजनाथ साह बताउँछन् ।

केन्द्रले आयुर्वेद तथा योग शिक्षा, जडिबुटी चिनारी, स्वस्थ जीवन लगायतका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

परम्परागत उपचार पद्धतिलाई प्रवर्द्धन गर्दै आयुर्वेदिक उपचार र योगको माध्यमबाट आरोग्यताका लागि जनस्तरमा सचेतना विस्तार गर्ने काममा यो आयुर्वेद स्वास्थ्य केन्द्र लागिपरेको छ ।

केन्द्रले स्तनपाई आमा सेवा, जेष्ठ नागरिक सेवा, इम्युनिटी सुधार सेवा, खोप कार्यक्रम, क्षयरोगीलाई डट्स सेवा, स्वस्थ जीवनशैली, विद्यालय शिक्षा र जडिबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसबाहेक महिला स्वास्थ्य स्वयम्सेविका तथा जनप्रतिनिधिहरूलाई आयुर्वेद चिकित्साबारे जानकारी दिन अन्तरक्रिया गर्ने काम पनि गरिरहेको सेवा केन्द्रले योग दिवसको अवसरमा विविध कार्यक्रम गर्ने गरेको जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष अजम्बर राई बताउँछन् ।

स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २९ प्रकारका औषधि पनि निःशुल्क रूपमा उपलब्ध गराउने गरिएको छ ।

त्यसमध्ये २३ प्रकारका औषधि वर्षभरि निःशुल्क वितरण हुँदै आएको छ भने सःशुल्क फार्मेसीबाट पनि १० प्रतिशत छुटमा औषधि वितरण भइरहेको छ ।

केन्द्रले १५ शैय्याको आयुर्वेद अस्पताल पनि सञ्चालन गरिरहेको छ जसमा हाल चार जना विशेषज्ञ चिकित्सकसहित ३६ जना कर्मचारीले सेवा दिइरहेका छन् । तथापि, यो जनशक्ति पर्याप्त भने होइन ।

अपेक्षित जनशक्तिको अभाव, अत्याधुनिक उपकरणको अप्राप्ति, भौतिक पूर्वाधार र पुग्दो औषधिको अभावलगायत विविध चुनौती केन्द्रले बेहोरिरहेको स्वास्थ्य केन्द्रका प्रमुख केनिन राईको धारणा छ ।

विभिन्न समस्याका बाबजुत पनि यस केन्द्रले २५ शैय्याको अन्तरंग सेवासहितको अस्पताल चलाउने उद्देश्य लिएको छ ।

विस्तारित सेवासहितको आयुर्वेद सेवालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने लक्ष्य केन्द्रको छ । तर, यसका लागि सुविधासम्पन्न भवन तथा आवश्यक जनशक्तिको व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने देखिएको छ ।

स्वास्थ्य निर्देशनालय, कोशी प्रदेशका संयोजक ज्ञानबहादुर बस्नेत आयुर्वेद स्वास्थ्य केन्द्रले प्रभावकारी काम गरिरहेको बताउँदै आयुर्वेद सेवालाई अगाडि बढाउनेगरी यसपालिको बजेटले सम्बोधन गरेको बताए ।

अत्यावश्यक आयुर्वेदिक औषधिहरू बढाएर निःशुल्क वितरण गरिने औषधिको पर्याप्त व्यवस्था गरिदिन अनि एक्स–रे, युएसजी, एसिजी आदि उपकरणको व्यवस्थापन भएमा केन्द्रले आफूलाई अझ अब्बल साबित गर्ने अनुमान लगाउन सकिन्छ ।

प्रकाशित समय: सोमबार ११ असार, २०८१, ०५:४०:२८
राजविराजलाई हराउँदै विराटनगरले जित्यो सिरिज
सोमबार २६ कार्तिक, २०८१
विराटनगरमा साततले भवनपरिसरमा किसुनजीको प्रतीमा र पार्क (भिडियोसहित)
सोमबार २६ कार्तिक, २०८१
लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल
सोमबार २६ कार्तिक, २०८१
मोरङको कानेपोखरीमा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ
सोमबार २६ कार्तिक, २०८१
फुटसल लिगमा स्टार ब्वाइज, एबी फाइभ र अपटाउन एफसीको जित
आईतबार २५ कार्तिक, २०८१
प्रथम नेपाल हब महिला टी-२० क्रिकेटमा विराटनगर विजयी
आईतबार २५ कार्तिक, २०८१
पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं लगिँदै
आईतबार २५ कार्तिक, २०८१
मानव तस्कर आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ
आईतबार २५ कार्तिक, २०८१
सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता
आईतबार २५ कार्तिक, २०८१
‘खोल्सीको सुन’ खेतीबाट मालामाल : एक लाखनजिक पुग्यो अलैंचीको मूल्य, किसान उत्साहित !
आईतबार २५ कार्तिक, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०