टी-२० विश्वकपमा बंगलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ असार, २०८१
२ वर्षअघि

विराटनगर । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार बिहान नेपालले बंगलादेशसँग खेल्दै छ ।

नेपाली समयानुसार भोलि बिहान ५ः१५ बजे हुने खेलमा नेपालले बंगलादेशसको सामना गर्न लागेको छ । उक्त खेलको लागि नेपालले तयारी गरिरहेको छ ।

Advertisement

समूह चरणबाट बाहिरिएको नेपालले टेस्ट टोली बंगलादेशविरुद्ध खेल्न आँटेको हो । वेस्ट इन्डिजको सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ ।

समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा एक अंक बटुलेको थियो ।

फ्लोरिडामा तय भएको श्रीलंकासँगको खेल भारी वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक पाएको थियो ।

अब, नेपालका लागि सोमबारको खेलमा गुमाउनुपर्ने केही छैन । याे खेल जितेमा नेपालले जारी विश्वकपमा बलियो टेस्ट टोली बंगलादेशलाई हराएमा नयाँ इतिहास बनाउने छ ।

खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको प्रदर्शन रामो भएपनि दक्षिण अफ्रिकाविरुद्ध मानसिक आत्मबल गुमाएको बताए ।

‘हार ब्यहोर्ने टोली सधैँ सफल जस्तो मानिन्छ । तर दक्षिण अफ्रिकाविरुद्ध नेपालले राम्रो खेलेको हो । अन्तिममा आत्मबल देखाउन नसक्दा हार खेपेको हो । टेस्ट राष्ट्रलाई हामी पनि विश्वकप खेलका हौँ भनेर देखाइरहेका छौँ । मोन्टीले बङ्गलादेश राम्रो टोली हो । तर नेपालले अन्तिम खेलमा बलियो चुनौती दिनेछ,’ मोन्टीले भने ।

उनले सबै खेलमा नेपाली खेलाडीले मानसिक आत्मबल देखाउन आवश्यक रहेको पनि बताए ।

दक्षिण अफ्रिकाविरुद्ध अन्तिममा नेपालका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले जितको नजिक पुगेर हार खेपेको थियो ।

हाल समूहको दोस्रो स्थानमा रहेको बंगलादेश पनि नेपाललाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा छ ।

नेपाल र बंगलादेशबीच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो ।

दोस्रो स्थानमा रहेको बंगलादेशको तीन खेलबाट चार अंक छ । तीन खेलबाट दुई अंक बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

नेपालको तीन खेलमा एक अंक छ । एक अंक बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलंका पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०