विराटनगर । कप्तान क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आयरल्यान्डविरुद्ध सहज जित निकालेको छ ।
बुधबार बिहान घरेलु मैदानमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोलको जित दर्ता गरेको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई गोल गर्दा जाओ फेलिक्सले एक गोल गरे ।
खेलको १८औं मिनेटमा फेलिक्सले गोल गरेपछि पहिलो हाफभरि पोर्चुगलले अग्रता बनाएको थियो ।
खेलको ५०औं र ६०औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगल ३-० गोलले विजयी भएको हो ।
पोर्चुगलले युरो कपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो । उसले जुन १९ मा चेक रिपब्लिकसँग खेल्दै युरो कपको सुरुआत गर्ने छ ।