वर्षाले पछि धकेलियो नेपाल र श्रीलंकाबीचको खेल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
२ वर्षअघि

विराटनगर । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दै छ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल वर्षाका कारण धकेलिएको छ ।

सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलो पटक आमनेसामने हुन लागेका छन् । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबिच पटक–पटक भेट भएको थियो ।

नेपालले टेस्ट राष्ट्र श्रीलंकालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बढाउने लक्ष्यका साथ मैदानमा हुने छ ।

त्यसैगरी, लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ ।

नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता, श्रीलंकाको दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो। जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

फ्लोरिडामै श्रीलंकाले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।

नवौँ संस्करणको विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

यो समूह दक्षिण अफ्रिका लगातार तीन खेलमा विजयी हुँदै ६ अंकासहित शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बंगलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

प्रकाशित समय: बुधबार ३० जेठ, २०८१, ०५:२३:५३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०