मन्त्री चौधरीको आरोप : एमालेले नेतृत्व गरेको मन्त्रालयको बजेट काटियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट काटिएको आरोप लगाएकी छन् ।

विराटनगर विमानस्थलमा सोमबार साँझ शब्द एक्सप्रेससँग कुराकानी गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि आएको बजेटमा एमालेले नेतृत्व गरेको मन्त्रालयरूको बजेट काटिएको गुनासो गरिन् ।

‘एमालेबाट मन्त्री बनेका मन्त्रालयहरूमा अलि बढी नै बजेट काटिएको छ,’ उनले भनिन्, ‘त्यसमा पनि मेरो मन्त्रालयमा झन् बढी काटिएको छ ।’ आफ्नो मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याइएको उनको गुनासो छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेटमा सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । उक्त मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय भए पनि बजेट कम दिइएको बताउँदै बजेट ल्याउनुअघि छलफम कम भएकोसमेत औंल्याइन् ।

छलफलबिनै बजेट आएको भन्दै सत्ता साझेदार दलसमेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाटे कटाक्ष गरिरहेका छन् । जसकारण सत्ता समीकरणमा फेरबदल आउनसक्नेसम्मको टीका–टिप्पणी भइरहेको छ ।

तथापि, सत्ता समीकरणमा नै परिवर्तन नहुने बताए पनि मन्त्री चौधरीले एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट घटाइएको गुनासो गरिन् ।

मन्त्री चौधरीले केही नयाँ कार्यक्रमलाई प्रभावकारी ढंगले पारित गराउन लागिपरेको बताउँदै सरकारले ती कार्यक्रमकै लागि भए पनि आफू नेतृत्वको मन्त्रालयको बजेट बढाउनुपर्ने बताइन् ।

प्रकाशित समय: सोमबार २१ जेठ, २०८१, २०:२८:१८
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०