रतुवामाईमा एमाले छोडेर ३८ जना माओवादीमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१० मा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । बिहीबार वडा सम्मेलनको आयोजना गरी शम्भु खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

नयाँ कमिटीको उपाध्यक्षमा रुक्मिणी दाहाल, सचिवमा धर्म तितुङ, सहसचिवमा नवीन कार्की र कोषाध्यक्षमा मीना खड्का चयन भएका छन् ।

Advertisement

सदस्यहरूमा मिलन भुजेल, राजेन्द्र मगराती, नवराज निरौला, गीता कटवाल, उद्धव कार्की, मोहनप्रसाद दाहाल, गीता मगराती, जीतबहादुर भण्डारी, टंक सुवेदी, धनमाया नेपाली र लेखनाथ खनाल रहेका छन् ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा माओवादी कोशी प्रदेश सचिव गणेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा अरू दल त्यागेर माओवादी पार्टीमा प्रवेश गर्नेहरूको लर्को देखिएको थियो ।

विभिन्न दल त्यागेर ३८ जना माओवादी पार्टीमा प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्ने अधिकांश नवप्रवेशीहरूले जनभावनाअनुसार विकास गर्ने दल रोजेको भन्दै खुसी व्यक्त गरे ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिले अपेक्षित ढंगले विकास गरेको तथा सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको उनीहरूले औंल्याए ।

पार्टी प्रवेश गर्नेहरूमा अधिकांश नेकपा एमाले समर्थित रहेको अध्यक्ष खड्काले बताए ।

उनीहरूलाई पार्टीमा स्वागत् गर्दै मन्त्री उप्रेतीले अरू दलभन्दा कलिलो मानिए पनि माओवादी जनमनमा बस्न सकेको दाबी गरे ।

विकास-निर्माणको सवालमा जनभावनाअनुसार अगाडि बढ्ने भएका कारण जनताले विश्वास गर्ने पार्टीका रूपमा माओवादी स्थापित भएको उनको भनाइ छ ।

कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति सचिव प्रकाश पौडेल, प्रदेश समिति सदस्य तथा नगर इन्चार्ज सुमन कालिकोटे, नगर अध्यक्ष प्रकाश साह, नगर सह- इन्चार्ज टुकबहादुर कार्की र मनोज शर्मा, नगर उपाध्यक्ष प्रदीप नेपाली, नगर सचिव बद्री पोखरेल, जिल्ला सदस्य डेग निरौला, याम दंगाललगायतको उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०