रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । भारतीय फुटबल टोलीका कप्तान तथा स्ट्राइकर सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् ।

क्षेत्रीले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश दिँदै ६ मेमा कुवेतविरुद्ध अन्तिम खेल खेल्ने जानकारी गराए ।

भारतले फिफा विश्वकप- २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा कुवेतविरुद्ध कोलकातामा खेल्दै छ । जुन खेल ३९ वर्षीय सुनीलका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुँदै छ ।

१९ वर्ष भारतीय फुटबलमा राज गरेका सुनीलले सन्न्यासको घोषणा गर्दै भनेका छन्, ‘यो निर्णय पहिला घरपरिवारलाई सुनाएँ । बुबा खुसी भए पनि आमा र श्रीमती रोएका थिए ।’

२००५ मा पाकिस्तानविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका स्ट्राइकर सुनीलले भारतका लागि एक सय ५० खेलमा ९४ गोल गरेका छन् ।

उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सक्रिय खेलाडीको तालिकामा तेस्रो स्थानमा छन् । समग्रमा भने उनी चौथो स्थानमा छन् ।

सर्वाधिक इन्टरनेसनल गोल गर्ने सूचीमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दुई सय पाँच खेलमा एक सय २८ गोल गर्दै शीर्ष स्थानमा छन् ।

त्यसपछि आउँछन्, इरानी खेलाडी अली डेई । उनले एक सय आठ गोल गरेका छन् ।

तेस्रो स्थानमा आउँछन्, अर्जेन्टिनी स्टार लियोनल मेस्सी । मेस्सीले एक सय ८० खेलमा एक सय ६ गोल गरेका छन् ।

सुनील धेरै गोल गर्ने एसियाका प्रथम सक्रिय खेलाडीसमेत हुन् । उनले कोलकाताको मोहन बगानबाट फुटबल करिअर सुरु गरेका थिए ।

हाल इन्डियन सुपर लिग टोली बेंगलुरु फुटबल क्लबमा आबद्ध छन् ।

सुनीलले भारतका लागि चारपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियन्सिप तथा तीनपटक नेहरू कप जितेका छन् ।

२००८ मा एएफसी च्यालेन्ज कप विजेता बनाएका सुनीलले भारतलाई २०११ को एसियन कपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसपछि भारत २०१९ र २०२३ को एसियन कपमा छनोट हुँदा पनि सुनीलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

भारतीय फुटबलमा पुर्‍याएको योगदानका कारण तेलंगनाका सुनील अर्जुन र पद्मश्री अवार्डबाट सम्मानित भएका छन् ।

सुनील २०११ मा प्रतिष्ठित अर्जुन अवार्ड र २०१९ मा पद्मश्रीबाट समानित भएका थिए ।

२०२१ मा भारतको सर्वश्रेष्ठ खेलकुद समान खेलरत्न अवार्ड जितेका थिए । उनी यो अवार्ड जित्ने पहिलो भारतीय फुटबलर हुन् ।

प्रकाशित समय: शुक्रबार ४ जेठ, २०८१, ०६:३४:४४
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०