कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी भएको थियो ।
सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण केही बेरमै हुनेछ । आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने सम्भावना छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए ।
माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।
एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।
मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा.दिनमणि पोखरेलको रायअनुसार सरकार गठनको आह्वान गरेका हुन् ।
नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए । सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए ।
केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।
उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
२०८० असोज २७ गते केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेर मुख्यमन्त्री बनाएका थिए ।
हिक्मत मुख्यमन्त्रीमा नियुक्त भइरहँदा केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनले आजै अदालतमा मुद्दा  दायर गर्ने तयारी गरेका छन् ।

प्रकाशित समय: बिहिबार २७ ब‌ैशाख, २०८१, १३:५७:३५

सम्बन्धित खबर

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
२२ घण्टाअघि

नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने

शनिवार १९ ब‌ैशाख, २०८३
२३ घण्टाअघि

रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

शनिवार १९ ब‌ैशाख, २०८३
१ दिनअघि

‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव

शनिवार १९ ब‌ैशाख, २०८३
१ दिनअघि
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०