कोशीमा नयाँ सरकार गठनको आह्वान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गरेका हुन् ।

बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले राति साढे १० बज्न लाग्दा २८ गते शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरे ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरे ।

प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधाराअनुसार नियुक्त भएका हुन् ।

उनले गरेको आव्हानमा अनुसार भोलि बिहान दाबी प्रस्तुत गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनका अनुसार दिउँसो प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गराउने छन् ।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादी नयाँ सरकार गठनको आह्वान गराउन सक्रिय भएका थिए ।

सोही अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि वैशाख २६ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि बुधबार एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयको पत्रसहित प्रदेश प्रमुखसमक्ष नयाँ  सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रकाशित समय: बिहिबार २७ ब‌ैशाख, २०८१, ०६:२४:५६

सम्बन्धित खबर

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

मङ्गलबार १२ जेठ, २०८३
३६ minutes

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन

मङ्गलबार १२ जेठ, २०८३
१ घण्टाअघि

सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल

मङ्गलबार १२ जेठ, २०८३
२ घण्टाअघि

सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?

मङ्गलबार १२ जेठ, २०८३
२ घण्टाअघि

त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग

मङ्गलबार १२ जेठ, २०८३
२ घण्टाअघि

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सोमबार ११ जेठ, २०८३
२० घण्टाअघि
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौँबाट २८ हजार भन्दा बढी अवैध भेपसहित एक जना पक्राउ
मङ्गलबार १२ जेठ, २०८३
ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०