राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ ब‌ैशाख, २०८१
२ हप्ताअघि

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गरेका हुन् ।

मंगलबार नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थकमा रहेका छन् ।

संकल्प प्रस्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताए ।

गत असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको भए पनि परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको भण्डारीले बताए ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताउँदै उनले भने, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन । उँहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।’

मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताउँदै उनले भने, ‘अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको छु’

प्रदेशसभामा पेस गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रस्ताव पास नहुँदै मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरे ।

समर्थक नै रहेका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रसस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेशसभामा संकल्प प्रस्ताव टेबुल गरिएको बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सत्तापक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो ।

विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेशसभामा विपक्षीको कुर्सीमा बस्ने सांसदहरुको संख्या ५२ थियो ।

सत्तापक्षको कुर्सीमा भने कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का मात्र २४ जनाको उपस्थिति थियो ।

मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पु¥याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए ।

राजीनामा दिएर मार्ग प्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव टेबुल गरेको हो ।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीबार बसेको प्रदेशसभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव टेबुल भएको हो ।

अब प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित समय: बिहिबार ६ ब‌ैशाख, २०८१, १६:५१:२३

सम्बन्धित खबर

शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शुक्रबार १४ ब‌ैशाख, २०८१
५ दिनअघि

विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक

सोमबार १० ब‌ैशाख, २०८१
१ हप्ताअघि

विवादमा अल्झियो लोकसेवा आयोगको विज्ञापन !

बुधबार ५ ब‌ैशाख, २०८१
२ हप्ताअघि

संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बिहिबार २९ चैत, २०८०
३ हप्ताअघि

विराटनगरको शिक्षादीपमा इथिकल ह्याकिङ सम्बन्धी ३ दिने कार्यशाला सुरु

आईतबार २५ चैत, २०८०
३ हप्ताअघि

ओलीको दाबी : उपनिर्वाचनमा एमालेले हार्दै-हार्दैन

शनिवार १७ चैत, २०८०
१ महिनाअघि
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०