अफ्ठेरो परिस्थितिबाट देशलाई निकाल्न एमाले–कांग्रेस एक हुनुपर्छ : डा. शेखर कोइराला

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ चैत, २०८०
१० महिनाअघि

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई अफ्ठेरो परिस्थितिबाट माथि उकास्न कांग्रेस र एमाले एक हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै डा. कोइरालाले मुलुकको स्थिरता र विकासका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

वर्तमान एमाले–माओवादी सम्मिलित गठबन्धनबाट मुलुकमा आर्थिक विकासको सम्भावना न्युन रहेको बताउँदै पार्टीको केन्द्रीय सदस्यसमेत रहेका डा. कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि एमाले र कांग्रेस मिल्नुको अन्य कुनै विकल्प नरहेको धारणा व्यक्त गरे ।

डा. कोइरालाले एमाले र कांग्रेस नमिलेकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताए ।

अहिले हरेक प्रदेशमा मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने वातावरण पनि एमाले र कांग्रेस नमिलेकै कारण उत्पन्न भएको उनको जिकिर छ ।

तथापि, कोशी प्रदेशको अंकगणित भने अन्य प्रदेशको भन्दा भिन्न रहेकाले यहाँ मुख्यमन्त्रीले दुई वर्षसम्म विश्वासको मत लिन नपर्ने दाबी गरे ।

डा. कोइराला मोरङ व्यापार संघको ६७औं वार्षिक साधारणसभा कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् ।

प्रकाशित समय: बिहिबार २२ चैत, २०८०, १२:५२:०७
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०