अफ्ठेरो परिस्थितिबाट देशलाई निकाल्न एमाले–कांग्रेस एक हुनुपर्छ : डा. शेखर कोइराला

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ चैत, २०८०
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई अफ्ठेरो परिस्थितिबाट माथि उकास्न कांग्रेस र एमाले एक हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै डा. कोइरालाले मुलुकको स्थिरता र विकासका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

वर्तमान एमाले–माओवादी सम्मिलित गठबन्धनबाट मुलुकमा आर्थिक विकासको सम्भावना न्युन रहेको बताउँदै पार्टीको केन्द्रीय सदस्यसमेत रहेका डा. कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि एमाले र कांग्रेस मिल्नुको अन्य कुनै विकल्प नरहेको धारणा व्यक्त गरे ।

डा. कोइरालाले एमाले र कांग्रेस नमिलेकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताए ।

अहिले हरेक प्रदेशमा मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने वातावरण पनि एमाले र कांग्रेस नमिलेकै कारण उत्पन्न भएको उनको जिकिर छ ।

तथापि, कोशी प्रदेशको अंकगणित भने अन्य प्रदेशको भन्दा भिन्न रहेकाले यहाँ मुख्यमन्त्रीले दुई वर्षसम्म विश्वासको मत लिन नपर्ने दाबी गरे ।

डा. कोइराला मोरङ व्यापार संघको ६७औं वार्षिक साधारणसभा कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन् ।

प्रकाशित समय: बिहिबार २२ चैत, २०८०, १२:५२:०७
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०