विराटनगर । साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित अल नासरले सानदार जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा अल नासरले अल ताईलाई उसकैको मैदानमा ५-१ लाई पराजित गरेको छ।
अल अवाल रंगशालामा अल नासरलाई जिताउन रोनाल्डोले ह्याट्रिक गरे भने ओक्टोभियो र अब्दुलरहमान घरिबको नाममा एक-एक गोल रह्यो ।
अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए ।
रोनाल्डोले खेलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अक्टोभियोले २० र घरीबले पहिलो हाफको थप गरिएको सातौँ मिनेटमा गोल गरेका थिए ।
अल ताईका भिर्गिलले २२औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै २५ खेलमा ५९ अंक जोडेको अल नासर तालिकामा दोस्रो स्थानमा छ । पराजित अल ताई समान खेलबाट २२ अंकका साथ १६औँ स्थानमा छ ।