विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ चैत, २०८०
३ वर्षअघि

विराटनगर । न्यूरोड टिम काठमाण्डौं आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ ।

विराटनगरको शहिद रङ्गशालामा शुक्रबार भएको खेलमा विभागीय टीम त्रिभूवन आर्मी क्लबलाई २–० गोलान्तरले पराजित गर्दै एनआरटी क्वाटर फाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आईतबारको दोश्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम ड्रेगानसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

शहिद रङ्गशालामा शुक्रबार भएको खेलमा भने जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिलाए । सेकेण्ड हाफको ७५ औं मिनेटमा आफिजले दोश्रो गोल गरी टिमको जित सुनिश्चित गरे । डि–बक्सभित्र वैकल्पिक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गर्दा आर्मीका गोलकिपर सुमित श्रेष्ठले पञ्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो ।

आर्मीले खेल सुरु भएको ६ मिनेटमै प्राप्त गरेको गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पी जङ्ग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुन दिएनन् । त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन नसक्दा अवसर हुदाँ समेत गोल हुन सकेन् । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट प्रहार समेत गोलमा परिणत भएन् । दोश्रो हाफबाट आर्मीले आक्रमक रुपमा खेल पस्किएपनि गोल गर्न नसक्दा घर फर्किन बाध्य भयो ।

 

खेलाडीहरुले प्राप्त गरेको अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नुपरेको आर्मीका प्रशिक्षक मेघराज केसीले बताए । उनले अनुभवी खेलाडीहरुलाई मैदानमा उर्तान नसक्दा जित सुनिश्चित नभएको प्रतिक्रिया दिए । जितपछि एन.आर.टी.का सहायक प्रशिक्षक आशिष थापा मगरले भने खेलाडीको राम्राे टिमवर्कका कारण नतिजा आफ्नो पक्षमा आएको बताए ।

गोल्डकपको शुक्रबार भएको दोश्रो खेलको प्लेयर अफ द म्याच एनआरटी काठमाण्डौंका आफिज ओलावाले घोषित भए । उनले पुरस्कार स्वरुप नगद रु. ११ हजार प्राप्त गरे । उनलाई नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत र विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले संयुक्त रुपमा पुरस्कारको चेक हस्तान्तरण गरे ।

आठौं संस्करणको विराट गोल्डकपको शनिबारको पहिलो क्वाटरफाईनल खेल भने घरेलु टिम सङग्रीला मोरङ फुटबल क्लब र भुटानको रोयल थिम्पु फुटलब क्लबबिच हुनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०