कोशी प्रदेशमा पहिलोपटक होमस्टे सम्मेलन हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ ।

पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदेशमै पहिलोपटक होमस्टे सम्मेलन हुन आँटेको हो ।

यही फागुन २९ गते (मंगलबार) देखि दुई दिनसम्म उदयपुरको त्रियुगा नगरपालिका-८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा हुन लागेको हो ।

होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने छन् ।

होमस्टेलाई आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्नमिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको अधिकृत अर्यालले जनाए ।

‘हामीले होमस्टे सञ्चालनको तयारी तीव्र पारेका छौं, यो सम्मेलनमा होमस्टे सञ्चालकले नि:शुल्क रूपमा सहभागिता जनाउन सक्नुहुनेछ,’ उनले भने ।

पर्यटन मन्त्रालयले विनियोजन गरेको १० लाख बजेटबाट आयोजना हुन आँटेको सम्मेलनमा होमस्टे सञ्चालकले आफ्ना मौलिक खानपानका बारेमा प्रस्तुति राख्न पाउने छन् ।

होमस्टे महासंघ, कोशी प्रदेशसँगको समन्वयमा र प्रदेशका दुई पर्यटन कार्यालयको सहजीकरणमा उक्त सम्मेलन हुन लागेको हो ।

पर्यटन कार्यालय, धरान र पर्यटन कार्यालय, काँकडभिट्टाले सम्मेलनमा आवश्यक सहजीकरण गर्ने बताइएको छ ।

सम्मेलनमा होमस्टे व्यावसायीबीच चिनजान, छलफल र अन्तरक्रिया हुने छ । त्यसबाहेक थारू समुदाय र दनुवार समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरी सम्मेलनलाई थप आकर्षित् बनाउने छन् ।

यस्तै, होमस्टे व्यवसायबारे कानुनी र व्यावसायिक जानकारी दिन प्रदेशस्तरीय होमस्टे बुकलेट पनि सार्वजनिक हुने छ ।

सम्मेलनको उद्घाटन पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले गर्ने छन् ।

मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षतामा हुने सम्मेलनमा प्रदेशसभा उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सांसदको उपस्थित रहने छ ।

होमस्टे सञ्चालकहरूबीच अन्तरक्रिया होस् र त्यसले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगोस् भन्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न आँटिएको मन्त्री उप्रेतीले जानकारी दिए ।

‘प्रदेशभरिका होमस्टे व्यावसायीबीच चिनजान र अन्तरक्रिया गराउने लक्ष्यसाथ सम्मेलन गर्न लागेका हौं,’ उनले भने, ‘होमस्टेको नेटवर्क अझ बढाएर पर्यटन प्रवर्द्धनमा कसरी टेवा पुर्‍याउन सकिन्छ विषयमा व्यापक छलफल हुने छ ।’

कोशी प्रदेशभरि जम्मा एक सय पाँच होमस्टे सञ्चालनमा छन् ।

प्रकाशित समय: शनिवार २६ फाल्गुण, २०८०, २०:१२:२३

सम्बन्धित खबर

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य

बुधबार ३१ असार, २०८३
२ महिनाअघि

व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा

बिहिबार १० ब‌ैशाख, २०८३
५ महिनाअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
५ महिनाअघि

अमेजनले विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने

बुधबार १५ माघ, २०८२
८ महिनाअघि

आयातमुखी उपभोगलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

सोमबार १३ माघ, २०८२
८ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०