विराटनगरमा आजबाट सुरु भयो इक्वालिटी कप

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट सुरु भएको छ ।

मंगलबार बिहान विराटनगर–६ केशलिया रोडनजिकै रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सो प्रतियोगिताको उद्घाटन भएको छ ।

क्रिकेट एसोसियसन नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेलगायतले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले महिला टोलीलाई विश्वस्त भई प्रतिस्पर्धा गर्न आग्रह गरे ।

पुरुष क्रिकेट टोलीले नेपालको छवी उच्च राखेको बताउँदै उनले भने, ‘पुरुष क्रिकेट टोलीका कारण आज हामी महिला र पुरुष दुवै टोलीका क्रिकेटरलाई तलब खुवाउने भएका छौं । महिला पनि प्रतिस्पर्धामा कम छैनन् भन्ने आत्मविश्वासका साथ खेल्नुहोस् ।’

आयोजक संस्थाका अध्यक्ष अभिषेक श्रेष्ठले महिला क्रिकेटको विकास र प्रवर्द्धन गर्ने हेतुले प्रतियागिताको आयोजना गरिएको जनाए ।

प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका चार टोली महिलाको सहभागिता रहने छ । मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा हुने आँटेको उक्त प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सप्तरी र सिरहाको सहभागिता रहने छ ।

जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरूले प्रतिनिधित्व प्रतियोगितामा रहने उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन् र अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगिताको पहिलो दिन आ बिहान १० बजे मोरङ र सप्तरीले प्रतिस्पर्धा गरेका छन् भने दिउँसो २ बजे हुने आजको दोस्रो खेलमा इलाम र सिरहा भिड्ने छन् ।

प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ ।

प्रकाशित समय: मङ्गलबार २२ फाल्गुण, २०८०, १०:५४:२४
नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा
मङ्गलबार १२ जेठ, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०