मेस्सीको उडान : लिगमा पूरा गरे पाँच सय गोलको आँकडा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले लिगतर्फ पाँच सय गोल पुर्‍याएका छन् ।

आइतबार बिहान अमेरिकी मेजर सकर लिग (एमएलएस) मा इन्टर मियामीले फराकिलो जित निकाल्दा दुई गोल गरेका मेस्सीले पाँच सय करिअर लिग गोल गरेका हुन् ।

Advertisement

गत सिजनमात्र एमएलएस खेल्न अमेरिका पुगेका ३६ वर्षीय मेस्सीले सो लिगमा चार गोल गरेका छन् ।

उनी गत वर्षको जुलाईमा फ्रान्स छोडेर अमेरिका पुगेका हुन् । त्यसअघि फ्रेन्च लिग वान खेलेका उनले त्यहाँबाट २२ गोल गरेका थिए ।

मेस्सीले क्लब करिअरको अधकांश समय स्पेन बिताएका थिए । स्पेनको ला लिगामा उनले चार सय ७४ गोल गरेका थिए ।

विश्वकप विजेता मेस्सी २०२१ अगस्टमा बार्सिलोना छोड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) तिर हानिएका थिए ।

आठ-आठ पटक बालोन डी’ओर र फिफा बेस्ट फुटबलरको अवार्ड जितेका मेस्सीले चार पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

विश्वकप २०२२ को ट्रफी जित्न सफल मेस्सीले देशका लागि भने एक सय ८० खेलमा एक सय ६ गोल गरेका छन् ।

मेस्सीले जम्मा ४१ वटा ट्रफीसमेत जितेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०