रोमाञ्चक खेलमा नेपालको जित, फाइनल खेल्ने सम्भावना कायमै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले रोमाञ्चक जित आत्मसात गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो ।

नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियाका लागि कप्तान जेजे स्मिथले ५० रन बनाउनुभयो । जान फ्रालिङ्कले ३७, जेपी केट्जेले २५, माइकल मान लिङ्गेनले १० रन बनाए ।

यस्तै जान ग्रिनले अविजित २३ र रुवेन ट्रम्पलम्यानले १४ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र करण केसीले दुई दुई विकेट लिँदा अविनाश बोहराले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

मल्लले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा ५५ रन बनाए ।

यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाए ।

बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिँदा ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झारे ।

रोमाञ्चक जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना जीवित राखेको छ ।

जितसँगै तीन खेलबाट दुई अंक बनाएको नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

नामिबियाको पनि समान खेलबाट दुई अंक छ । दुई खेलबाट चार अंक बनाएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

नेपालले यस सिरिजको चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रकाशित समय: शुक्रबार १८ फाल्गुण, २०८०, १७:३३:०७
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०