पहिचानवादी र सरकारबीच पाँचबुदे सहमति, मुख्यमन्त्रीले बुझे सहमतिपत्र

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
२ वर्षअघि

विराटनगर । ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच पाँचबुँदे सहमति भएको छ ।

कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचानवादीसँग सरकारले बिहीबार र शुक्रबार गरी दुई दिन वार्ता गरेको थियो ।

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको तीन सदस्यीय वार्ता समितिसँग पहिचान पक्षधरका ११ जनाले वार्ता गरेका थिए ।

विराटनगरस्थित बिग होटलमा शुक्रबार भएको दोस्रो चरणको औपचारिक द्विपक्षीय वार्तापछि सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति भएको हो ।

जसमा प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्नेलगायत बुँदा उल्लेख छन् ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने सहमति भएको छ ।

यस्तै, फागुन १० गतेअगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक जबेगुले जानकारी दिए । वार्तामा भएका सहमति दुवै पक्षले कार्यान्वयन गर्ने जबेगुको भनाइ छ ।

यता, वार्तामा पहिचान पक्षधरको माग अनुसारको नामकरण र आन्दोलनका क्रममा ज्यान गुमाएका तथा झुठा मुद्दामा फसाइएकाहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषयमा छलफल भएको पहिचान पक्षधरका वार्ता समितिका संयोजक डगेन्द्र सिङ थेगिमले बताए ।

उनका अनुसार शान्तिपूर्ण आन्दोलन गर्न दिने सहमतिसमेत भएको छ ।

सरकारले औपचारिक पत्र पठाएर आह्वान गरेपछि प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको थियो ।

माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो ।

सोही समितिसँग पहिचान पक्षधरले हिजो र आज गरी दुई चरणमा वार्ता गरेको हो ।

वार्तालगत्तै मुख्यमन्त्री केदार कार्कीलाई प्रदेश सरकारले गठन गरेको वार्ता टोली र पहिचान पक्षधरबीच शुक्रबार भएको सहमति संयुक्त रूपमा हस्तान्तरणसमेत गरिएको थियो ।

सहमति बुझ्दै मुख्यमन्त्री कार्कीले यो वार्ताले प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तिव्रता पाउने बताए ।

अब, प्रदेश सरकार र पहिचान पक्षधरको अर्को चरणको वार्ता फागुन १० गतेअगावै बस्ने बताइएको छ ।

संघर्ष समितिको तर्फबाट भने डकेन्द्रसिङ थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन् ।

कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसको विरुद्धमा पहिचानवादीहरू आन्दोलनरत छन् ।

उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनकै क्रममा गत वर्षको चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसअघि तत्कालीन सरकारले तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

सो वार्ता टोलीसँग गत असार ४ गते पहिचान पक्षधरले पहिलोपटक वार्ता गरेको थियो । सरकार अस्थिर भएका कारण त्यसपछि वार्ता भएको थिएन ।

प्रकाशित समय: शुक्रबार २६ माघ, २०८०, १४:१९:२७

सम्बन्धित खबर

प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण

बिहिबार ७ जेठ, २०८३
१४ घण्टाअघि

‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’

बिहिबार ७ जेठ, २०८३
१७ घण्टाअघि

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बिहिबार ७ जेठ, २०८३
१८ घण्टाअघि

विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट

बुधबार ६ जेठ, २०८३
१ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न

बुधबार ६ जेठ, २०८३
१ दिनअघि

सरकारविरुद्ध पाँचै वर्ष विरोध जारी रहन्छ : हर्कराज राई

बुधबार ६ जेठ, २०८३
२ दिनअघि
दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण
बिहिबार ७ जेठ, २०८३
प्रदेश र स्थानीय तहमा अनुदान काटिएकोबारे खुश्बुले गराइन् सरकारको ध्यानाकर्षण
बिहिबार ७ जेठ, २०८३
यस वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिहिबार ७ जेठ, २०८३
‘हिजो बेलमा पलेटी कसेर पुस्तक पढ्ने र निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन’
बिहिबार ७ जेठ, २०८३
आईसीसी विश्वकप लिग-२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
बिहिबार ७ जेठ, २०८३
प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
बिहिबार ७ जेठ, २०८३
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
बिहिबार ७ जेठ, २०८३
विराटनगरमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’को नयाँ आउटलेट
बुधबार ६ जेठ, २०८३
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०