विराटनगर । इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले ब्रेन्टफर्डमाथि सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा सिटीले ब्रेन्टफर्डलाई उसैको मैदानमा ३-१ गोलले हराएको हो ।
सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गोल गरे । ब्रेन्टफर्डका निल मौपेले एक गोल गरे ।
ब्रेन्टफर्डले बनाएको सुरुआती अग्रता उल्टाउँदै सिटीले जित निकालेको हो ।
जितसँगै २२ खेलबाट ४९ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड भने २२ अंकका साथ १५औं स्थानमा छ ।