फिफा विश्वकपको फाइनल खेल न्यु जर्सीमा हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ माघ, २०८०
३ वर्षअघि

विराटनगर । फिफा विश्वकप २०२६ को फाइलन खेल अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने भएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले फाइनल खेल उक्त स्टेडियममा हुने जानकारी आइतबार दिएको हो ।

विश्वकप फुटबलको फाइनल खेल २०२६ को जुलाई १९ मा हुने तालिका छ ।

प्रतियोगिता मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ बाट सुरु हुने छ ।

विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन् ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्, जुन ३९ दिनसम्म चल्नेछ ।

एज्टेका स्टेडियम अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनाको ‘हेन्ड अफ गड’का लागि प्रसिद्ध छ ।

सन् १९८६ मा क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्धको खेलमा म्याराडोनाले सो गोल यही रंगशालामा गरेका थिए । रंगशाला ८३ हजार दर्शक क्षमताको रहेको छ ।

मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपको आयोजना गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकपको आयोजना गरेको थियो ।

क्यानडाले भने पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको हो । टोरेन्टोमा जुन १२ मा पहिलो खेल हुने छ । अमेरिकाले जुन १२ मा लस एन्जल्समा पहिलो खेल खेल्नेछ ।

विश्वकपको पछिल्लो संस्करण कतारले आयोजना गरेको थियो । कतार विश्वकप भन्दा सन् २०२६ को विश्वकप १० दिन बढी सञ्चालन हुने छ ।

प्रकाशित समय: सोमबार २२ माघ, २०८०, १०:१८:४३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०