गठबन्धनमा गडबडी : सिटौला मख्ख र कार्की दिक्क

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ माघ, २०८०
२ वर्षअघि

विराटनगर । पछिल्ला दुई संसदीय निर्वाचनमा हार बेहोरेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बनेका छन् ।

प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनसँग पराजय बेहोरेका सिटौलाले यसपालि भने राप्रपाकै उम्मेदवारलाई पछारेका हुन् ।

कोशी प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा चार जनाले चुनावी प्रतिस्पर्धा रोजेका थिए ।

जसमध्ये, एउटा सिट कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले आफ्नो बनाए ।

सत्तारूढ गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका सिटौलाले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् ।

राप्रपाका उपाध्यक्षसमेत रहेका पौडेल नेकपा एमालेसँग सहकार्य गरेर सिटौलालाई रोक्ने उद्देश्यका साथ चुनावमा उभिएका थिए ।

राप्रपासँग चुनावी गठबन्धन गरेर एमालेले आफ्ना उम्मेदवार पर्शुराम अधिकारीलाई फिर्ता बोलाएको थियो ।

तर, मतपत्रमा अधिकारीको नाम रहेपछि त्यसमा पनि पाँच मत परेको थियो । जसलाई पछि निर्वाचन आयोगको कार्यालयले बदर मत भनेको थियो ।

यो जितसँगै सिटौला हारको ‘ह्याट्रिक’ बाट मात्र जोगिएनन्, ७७ वर्षको उमेरमा सत्ता–शक्तिमा पुनरागमन गर्नसमेत सफल भए ।

गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजित भएका सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।

सिटौला त्यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँग नै पराजित भएका थिए ।

सिटौला यसपालि राष्ट्रपतिको आकांक्षी थिए । तर, रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले राष्ट्रियसभा ताकेका थिए ।

हुन त चुनाव हारेकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउन हुँदैन भनेर कांग्रेसभित्र मत नबाझिएको होइन ।

तर, कांग्रेसको गत महाधिवेशनदेखि सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका सिटौलालाई राष्ट्रियसभा छिर्नबाट कसैले रोक्न सकेन ।

देशले नयाँ संविधान प्राप्त गरेपछि संसद् प्रवेश गर्नबाट बञ्चित भएका उनको संसद् प्रवेश गर्ने चाहना यसपालि पूरा भएको छ ।

संसद् प्रवेशमात्र नभएर राष्ट्रियसभाको अध्यक्षकै रूपमा उनको चर्चा छ । राष्ट्रियसभाको अध्यक्ष बनाउनकै लागि गठबन्धनले उनलाई जिताएको चर्चा छ ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका सिटौला करिब एक दशक लगभग शक्तिविहीन थिए ।

तर, अहिले पुनः सत्ता–शक्तिमा ल्याउन माओवादीलगायत गठबन्धन दलको समर्थन रह्यो ।

कांग्रेस सभापति देउवानिकट मानिने सिटौलालाई संस्थापन इतर (डा. शेखर कोइराला) पक्षले उनलाई असहयोग गर्ने शंका थियो ।

तर, कोइरालामात्र नभएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै समर्थन गरे । जसका कारण पनि उनको जित सुनिश्चित भयो ।

सत्तारूढ गठबन्धनका सिटौलाले जित हासिल गर्दा गठबन्धनकै चम्पादेवी कार्की भने पराजित भइन् ।

नेकपा माओवादी केन्द्रकी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्य बन्न सफल भएकी हुन् ।

अप्रत्याशित रूपमा राष्ट्रियसभा सदस्यको टिकट पाएकी कोइराला राष्ट्रियसभा निर्वाचनमा एमालेबाट निर्वाचित एकमात्र उम्मेदवार पनि हुन् ।

राष्ट्रियसभाका रिक्त १९ सिटमा एमालेले १८ जनानै उम्मेदवार उठाएको भए पनि सबै उम्मेदवार पराजित भएका थिए ।

निर्वाचित भएपछि उनले राष्ट्रियसभामा आफूले महिला सशक्तीकरण र मुलुकलाई अधिकारसम्पन्न बनाउने विषयमा जोड दिने बताइन् ।

सुनसरी इटहरीकी कोइराला एमालेमा लामो समयदेखि क्रियाशील छिन् ।

करिब ४७ वर्षदेखि एमालेमा क्रियाशील भए पनि कुनै पनि लाभको पदमा कोइराला पुगेकी थिएनन् ।

अब, उनी ६ वर्षका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन् ।

उनी एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको भूमिकामा छिन् ।

यता, आफूलाई हराउन गठबन्धन  दलबाटै षड्यन्त्र भएको भन्दै माओवादीकी उम्मेदवार कार्कीले दिक्क मानेकी छन् ।

‘नेता र नेतृत्वतहबाट नै यति ठुलो बेइमानी, षड्यन्त्र, धोका कल्पना पनि गर्न सकिन्न,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जे होस् यसले मलाई ठुलो शिक्षा मिलेको छ ।’

कांग्रेसले अन्तरघात गर्‍यो : माओवादी

गठबन्धनकै कार्कीले हारेपछि माओवादीले भने कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएको छ ।

गठबन्धनका उम्मेदवार सिटौला विजयी भएर आफ्ना उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी भएको निष्कर्ष माओवादीको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका हुन् ।

यसअघि कोशी प्रदेश सरकार निर्माणमा ईन्द्रबहादुर आङ्बोलाई छेक्न कांग्रेसबाट षड्यन्त्र भएको उनले बताएका छन् ।

राष्ट्रियसभा निर्वाचमा सत्तारूढ गठबन्धनमा रहेका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले कार्कीको साटो एमाले उम्मेदवार कोइरालालाई मतदान गरेका थिए ।

त्यसभन्दा अगाडि कांग्रेसकै कारण संसदमा माओवादीले सभामुख गुमाउनुपरेको थियो ।

माओवादीका बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित समय: शुक्रबार १२ माघ, २०८०, ०९:५८:१९

सम्बन्धित खबर

संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

आईतबार २० ब‌ैशाख, २०८३
६० minutes

सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने

आईतबार २० ब‌ैशाख, २०८३
२ घण्टाअघि

एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
५ घण्टाअघि
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०