महामन्त्री शर्मा भन्छन् : दुईपटक प्रधानमन्त्री बनिसकेकाले तेस्रोपटक बल गर्न हुन्न

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
३ महिनाअघि

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले तेस्रोपटकका लागि बल गर्न नहुने बताएका छन् ।

मोरङको विराटनगरस्थित एलिट क्लबमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनका प्रधानमन्त्रीको शपथ ग्रहण लिनु राष्ट्रका लागि घातक हुने जिकिर गरे ।

तीनवटै दलका अध्यक्षले भाबी समयमा प्रधानमन्त्रीको दाबेदारी नगरे राष्ट्र समुन्नतिको बाटोमा अघि बढ्ने उनले दाबीसमेत गरे ।

उनले भने, ‘राष्ट्रको हितका लागि तीनवटै ठूला दलले मार्ग प्रशस्त गरिदिनुपर्‍यो । युवापुस्तालाई अवसर दिनुपर्‍यो। त्यो राष्ट्रका लागि सुखद् हुन्छ ।’

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मुलुकमा प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद मात्र चारपटक हुने व्यवस्था गर्नुपर्ने विषयमा जोड दिए। उनले अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

अवस्था परिवर्तनको लागि आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्ने भए त्यसमा पनि पछि हट्न नहुने उनले स्पष्ट पारे ।

‘अमेरिकाले अहिले संविधान परिमार्जन गर्दै अवस्था परिवर्तन गर्दैछ । हामी के हेरेर बसिरहेका छौं?,’ उनले भने ।

फरक प्रसंगमा बोल्दै महामन्त्री शर्माले संघीयताको खारेजी वर्तमान समस्याको दीर्घकालीन समाधान नभएको जिकिर गरे ।

उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो भनेर व्याख्यासमेत गरे ।

‘कपितयले संघीयतालाई खारेज गर्‍यो भने समस्याको समाधान हुन्छ भन्ने गरेका छन् । तर, त्यसो होइन,’ उनले भने, ‘संघीयतालाई खारेज गरेर अर्थतन्त्र सुधार हुन्छ भन्नु गलत हो ।’

संघीयताकै कारण सरकार खोज्न काठमाडौं जानुपर्छ भन्ने मानसिकतासमेत अन्त्य भएको दाबी गरे ।

प्रकाशित समय: बुधबार १० माघ, २०८०, २०:२९:०८

सम्बन्धित खबर

मुख्यमन्त्री कार्कीले २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

शुक्रबार ७ ब‌ैशाख, २०८१
१ हप्ताअघि

राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

बिहिबार ६ ब‌ैशाख, २०८१
१ हप्ताअघि

संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बिहिबार २९ चैत, २०८०
२ हप्ताअघि

अफ्ठेरो परिस्थितिबाट देशलाई निकाल्न एमाले–कांग्रेस एक हुनुपर्छ : डा. शेखर कोइराला

बिहिबार २२ चैत, २०८०
३ हप्ताअघि

ओलीको दाबी : उपनिर्वाचनमा एमालेले हार्दै-हार्दैन

शनिवार १७ चैत, २०८०
४ हप्ताअघि

महिला, बालबालिका मन्त्री चौधरी र फिनल्यान्डका राजदूत हेक्काबीच भेट

बिहिबार १५ चैत, २०८०
१ महिनाअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०