पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता गर्ने वार्ता समितिको तयारी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ माघ, २०८०
१ वर्षअघि

विराटनगर । कोसी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ ।

शनिबार प्रदेश सरकारले बनाएको वार्ता समितिले प्रदेशको नामकरणको विषयमा असन्तुष्ट देखिएको पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी सुरु गरेको हो ।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वार्ता समितिका संयोजक कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार वार्ता समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैठकले पहिचान पक्षधरसँग के–कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने छ ।

वार्तामा संघर्षको रूपमा अघि बढेको प्रदेश नामकरणको विषयलाई संविधानप्रदत्त अधिकारमा अधिनस्त रहेर ‘सेफ ल्यान्डिङ’ गराउने विषयमा सरकारको जोड रहने उनको भनाइ छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जवेगुले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने बताए ।

प्रदेश नामकरणको विषयलाई शान्तिमा अवतरण गराउन कोशी प्रदेश सरकारले कुनै कन्ज्युँस्याई नगर्ने उनले बताए ।

‘अहिले कानून मन्त्रालयका सचिव बाहिर हुनुहुन्छ, भोलि उहाँ आएपछि औपचारिक रूपमा बैठक बस्छौं,’ उनले भने, ‘भोलि नै प्रारम्भिक चरणको वार्ताका लागि आह्वान हुन सक्छ । तथापि, नामकरणको विषयमा यति चाँडै निर्क्यौल हुन्छ भन्ने छैन ।’

‘वार्तामार्फत उहाँहरूको मागअनुसार संविधान अधिनस्त कतिसम्म पूरा गर्न सकिन्छ कानुनविद्सगँ परामर्श लिन्छौं,’ उनले थपे, ‘सबै दलसँग समन्वय गरेर विधानअनुरूप सहज बनाउने प्रयास गर्छौं ।’

आफू प्रदेश सरकारको नेतृत्व गर्दै वार्तामा होमिएको बताउँदै उनले भने, ‘अहिले सरकारको मन्त्री भएको नाताले प्रदेश सरकारको नीतीविरुद्ध गएर वार्ता गर्दिनँ ।’

यस्तै, वार्ता समितिका सदस्य तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले वार्ता समिति पवित्र उद्देश्यले बनेको बताए ।

‘वार्ता समिति समस्यालाई अल्झाउनका लागि बनेको होइन, पवित्र उद्देश्य लिएर बनेको हो,’ उनले भने, ‘सकेसम्म नामकरणको समस्या समाधान गरेरै छोड्छौं ।’

समितिको सोमबार बस्ने प्रारम्भिक चरणको बैठकले औपचारिक पत्र पठाएरै पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गर्ने बताइएको छ ।

पहिचान पक्षधरहरूले मितिसहित पत्रको जवाफ पठाएपछि प्रदेश सरकारले समय तोकेर वार्ता राख्ने जानकारी दिइएको छ ।

कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

जवेगुको नेतृत्वमा रहेको वार्ता समितिको सदस्यमा उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम ‘कोसी’ पारित गरेको थियो । कोसी नामको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपासहितले समर्थन गरेका थिए ।

त्यसयता पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् ।

सो आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको गत वर्षको चैत १० गते मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेको थियो ।

प्रकाशित समय: आईतबार ७ माघ, २०८०, १५:२९:५८

सम्बन्धित खबर

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

शुक्रबार २० असार, २०८२
६ दिनअघि

स्वास्थ्यमन्त्री प्रदीप पौडेल डिस्चार्ज

शुक्रबार २० असार, २०८२
६ दिनअघि

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

शुक्रबार २० असार, २०८२
६ दिनअघि

पूर्वराष्ट्रपति भण्डारीको घोषणा : अब एमाले राजनीतिमा फर्कन्छु

शनिवार १४ असार, २०८२
२ हप्ताअघि

सर्वोच्च अदालत पुगेका मुकुल ढकालको माग : मलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्छ

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
How to Locate Live Casino Games Online
बुधबार २५ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
Finest Online Gambling Enterprises with PayPal: A Comprehensive Guide
बुधबार २५ असार, २०८२
Online Casinos Accepting PayPal: A Convenient and Secure Repayment Choice
मङ्गलबार २४ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०