कोसीमा सभामुख चयन गर्ने तयारी, कसले पाउला ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुखविहीन छ ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ ।

Advertisement

गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

त्यसयता रिक्त रहेको सभामुख चयनको प्रक्रिया अझै पनि अलपत्र नै छ ।

तर, अब भने सत्तापक्ष दलहरूले सभामुख चयन प्रक्रिया टुंग्याउने तयारी थालेका छन् ।

मंगलबार (भोलि) दिनभर लगाएर भए पनि सभामुख चयन प्रक्रिया टुंग्याउने तयारीमा सत्तापक्ष गठबन्धन लागेको छ ।

भोलि नै निर्वाचन प्रक्रिया घोषणा हुने र भोलि नै सक्नेगरी कार्य तालिका आउने गठबन्धनका नेता बताउँछन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा राप्रपालाई सभामुख दिन तयार देखिएका छन् ।

राप्रपा पनि सभामुख लिन तयार देखिएको छ ।

राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख चयनको प्रक्रियालाई टार्ने संकेत गरेको छ ।

एमाले यसअघि सभामुख चयनको प्रक्रियामा सहमत देखिएको थियो ।

एमालेले भने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि आचारसंहिता लाग्ने भएकोले भोलि नै टुंगो लाग्ने कुरामा शंका रहेको बताएको छ ।

एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले आचारसंहिता लाग्ने या नलाग्ने भन्ने विषयमा निष्कर्षमा नपुगी सभामुख चयन नहुने बताए ।

एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले पनि निर्वाचन आयोगसँग परामर्श लिएर मात्रै सभामुख चयन प्रक्रिया अगाडि बढ्ने बताए ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोशी प्रदेशको सभामुख चयन गर्ने विषय आचारसंहिताले अहिलेको लागि नरोक्ने बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०