सेनाको जागिर छोडेर रुस पुगेका हरिप्रसाद उतै अस्ताए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ पुस, २०८०
३ वर्षअघि

स्याङ्जा । युक्रेन-रुसको युद्धमा परी थप एक नेपालीको मृत्यु भएको छ ।

पछिल्लोपटक मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका-१४ मान्खु घर भएका २३ वर्षीय हरिप्रसाद अर्याल रहेका छन् ।

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए ।

गत कार्त्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ । केही समय दुबई बसेर अर्याल रुस जानु भएको हो ।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिए ।

डिसेम्बर ३ मा घटनामा भएको तर डिसेम्बर २८ मा मात्रै खबर आएको जानकारी परराष्ट्र मन्त्रालयले गराएको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

उनले आफूलाई मङ्गलाबार दिउँसो विभागबाट फोन आएको जानकारी दिए ।

रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहेका थिए । घटना हुनुभन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ।

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा सेनामा भर्तीभएका र साथीसँगै हिँडेका भिडियो र तस्बिर राखेको देखिन्छ ।

यससँगै अवैध रूपमा रुसी सेनामा गएका सात जना नेपाली युवाले ज्यान गुमाएका छन् ।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका, इलामका गंगाराज मोक्तान र कुन्दनसिंह नागलको मृत्यु भएको थियो ।

उदयपुरका हरिबहादुर, जसले रुसी सेनामा नेपाली पठाउँदा सर्वस्व गुमाए !

रुसी सेनामा भर्ती भएका लेटाङका राईसहित चार नेपाली युक्रेनमा बन्धक

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०