सेनाको जागिर छोडेर रुस पुगेका हरिप्रसाद उतै अस्ताए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ पुस, २०८०
१ वर्षअघि

स्याङ्जा । युक्रेन-रुसको युद्धमा परी थप एक नेपालीको मृत्यु भएको छ ।

पछिल्लोपटक मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका-१४ मान्खु घर भएका २३ वर्षीय हरिप्रसाद अर्याल रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली सेनामा भर्ती भएका अर्याल तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए ।

गत कार्त्तिक ३ गते दुबईबाट रुस गएको परिवारले जनाएको छ । केही समय दुबई बसेर अर्याल रुस जानु भएको हो ।

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई हरिको मृत्यु भएको सूचना दिएको वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले जानकारी दिए ।

डिसेम्बर ३ मा घटनामा भएको तर डिसेम्बर २८ मा मात्रै खबर आएको जानकारी परराष्ट्र मन्त्रालयले गराएको वडाध्यक्ष कुँवरले जानकारी दिए ।

उनले आफूलाई मङ्गलाबार दिउँसो विभागबाट फोन आएको जानकारी दिए ।

रुसी सेनामा भर्ती भएपछि अर्याल निरन्तर परिवारको सम्पर्कमा रहेका थिए । घटना हुनुभन्दा एक दिन अगाडिसम्म सम्पर्कमा रहेको परिवारले जनाएको छ।

अर्यालले सामाजिक सञ्जाल फेसबुकमा सेनामा भर्तीभएका र साथीसँगै हिँडेका भिडियो र तस्बिर राखेको देखिन्छ ।

यससँगै अवैध रूपमा रुसी सेनामा गएका सात जना नेपाली युवाले ज्यान गुमाएका छन् ।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका, इलामका गंगाराज मोक्तान र कुन्दनसिंह नागलको मृत्यु भएको थियो ।

उदयपुरका हरिबहादुर, जसले रुसी सेनामा नेपाली पठाउँदा सर्वस्व गुमाए !

रुसी सेनामा भर्ती भएका लेटाङका राईसहित चार नेपाली युक्रेनमा बन्धक

प्रकाशित समय: बुधबार १८ पुस, २०८०, ११:३२:०४

सम्बन्धित खबर

अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने

बिहिबार १ फाल्गुण, २०८१
१३ घण्टाअघि

वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि

बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०