उदयपुरका हरिबहादुर, जसले रुसी सेनामा नेपाली पठाउँदा सर्वस्व गुमाए !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ पुस, २०८०
३ वर्षअघि
Hari arrest

विराटनगर । टिकटकलगायत सामाजिक सञ्जालमा सयौं नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लाडिरहेको भनेर भिडियोहरू पोस्ट भइरहेका छन् ।

रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न तीन हजारदेखि चार हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

तीमध्ये कति नेपालीले त आफ्नो ज्यानै गुमाएका छन् भने कोही घाइते तथा कोही बन्धक पनि बनेका छन् ।

भिजिट भिसामा दुबई पुर्‍याउने र त्यहाँबाट रुस पुर्‍याएर रुसी सेनामा भर्ना गराएर नेपालीहरूले नै उनीहरूलाई यस्तो अवस्थामा धकेल्छन् ।

अर्कोतर्फ काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पुर्‍याएर पनि रुसी सेनामा भर्ना गराउने गरिन्छ ।

रुसी सेनामा भर्ना भएपछि दुई लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रीनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउँछन् ।

विभिन्न माध्यममार्फत् रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बेलाबेलामा नेपाल प्रहरीले नेपाली युवालाई अवैध रूपमा रुसी सेनामा भर्ती गर्न पठाउने गिरोहलाई पक्रँदै आएको छ ।

त्यसमध्यका एक हुन्,  उदयपुरको कटारी नगरपालिका–६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा ।

पाँच वर्ष नेपाली सेनामा जागिर खाएका हरिबहादुर यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

हरिबहादुर २०५८ सालको फागुनमा नेपाली सेनामा भर्ती भएका थिए । तर सेनामा पेन्सन नपाक्दै २०६३ सालमा जागिर छाडेर उनी अफगानिस्तान हानिए ।

अफगानिस्ताको सेक्युरिटी गार्डमा जागिर खान थालेको एक वर्षपछि नै उनी स्वदेश फर्किए ।

त्यसपछि घरायसी काममै अलमलिइरहेका उनी २०६७ सालमा दुबई गए ।

आठ वर्ष दुबईमा काम गरेर २०७६ सालमा नेपाल फर्किएका हरिबहादुरले काठमाडौंको शिखर म्यानपावर कम्पनीमा जागिर खान थाले ।

अल्फा सिरामाको एजेन्ट बनेसँगै उनले अरू तीन जना साथीसँग मिलेर काठमाडौंको बाँसबारीमा २०७७ सालमा सुमेरा नेपाल भन्ने म्यानपावर कम्पनी खोले ।

त्यसक्रममा उनको निरज पाण्डेसँग भेट भयो, जसले नेपालीलाई रुसी सेनामा पठाउने गैरकानुनी काम गर्थे ।

निरजमार्फत नै रुस गएका हरिबहादुरका भाइ लालबहादुर रुसी सेनामा भर्ती हुन नपाई नेपाल फर्किएका थिए ।

भाइमार्फत निरजसँग चिनजान भएका हरिबहादुरले उनीसँग व्यवसायमा पनि साझेदारी गर्न थाले ।

२०८० सालको दसैँपछि हरिबहादुरले पनि रुसी सेनामा नेपालीलाई पठाउने काम सुरु गरे ।

रुस पठाउन हरिबहादुरले ११ नेपालीका राहदानी सङ्कलन गरी ८७ लाख रुपैयाँ निरजलाई बुझाएका थिए।

पहिलो चरणमा उनीहरूले चार जनालाई नेपालकै विमानस्थलबाट रुस पठाउने तयारी गरे ।

तर नक्कली कागजातका आधारमा विमानस्थलबाट रुस उड्न लागेका चार जनालाई अध्यागमन विभागले फिर्ता पठाइदियो ।

त्यसपछि भने निरजको योजनाअनुरूप उनीहरूले ११ जनालाई नै भारतको बाटो हुँदै रुस पुर्‍याउने योजना बनाए ।

हरिबहादुर भने ११ नेपालीलाई लिएर दिल्ली पुगे । तर उनीहरू दिल्ली पुगेपछि निरज सम्पर्कविहीन भए ।

त्यसपछि हरिबहादुर निरीह बन्दै उनीहरूलाई लिएर नेपाल फर्किए ।

तर, रुस जान नपाएपछि हरिबहादुरलाई ११ जनाले रकम फिर्ता माग्न थाले ।

हरिबहादुरले काठमाडौंको बाँसबारीमा किनेको १० आना जग्गा बेचेर ११ जनाको रकम फिर्ता दिए ।

हरिबहादुरले प्रहरीलाई दिएको बयानअनुसार रुसमा बस्ने अनुप र शोभराज भन्ने व्यक्तिले नेपालीलाई रुसी सेनामा भर्ना लगायतको काम गर्थे ।

हरिबहादुर राजु सुनारमार्फत उनीहरूको सम्पर्कमा पुगेका थिए ।

त्यसपछि हरिबहादुरले ११ नेपालीकै कागजात शोभराजलाई रुस पठाइदिए ।

शोभराजले पठाएको आमन्त्रण कार्डका आधारमा काठमाडौंस्थित रुसी दूतावासले एक महिनाको भिजिट भिसा लगाइदिएको थियो ।

हरिबहादुरले शोभराजलाई भिसा, आमन्त्रण कार्ड, रुसमा उनीहरूलाई लगेर जागिर लगाइदिए बापत प्रतिव्यक्ति १८५० अमेरिकी डलर बुझाएका थिए ।

प्रत्येक व्यक्तिबाट सात लाख रुपैयाँका दरले उठाएर शोभराजलाई पठाएकोमा कमिसन बापत प्रतिव्यक्ति उनले १५० अमेरिकी डलर पाएका थिए ।

सेटिङ मिलाउने र हवाई टिकट मिलाउने काम पनि शोभराजले नै गरेका थिए । शोभराजले त्यसबापत प्रतिव्यक्ति २ लाख भारुमा मिलाएको हरिबहादुरले बयानका क्रममा भनेका छन् ।

सुरुमा पठाउन लागेका ११ जनालाई भारतबाट फर्काएर रकम फिर्ता गरे पनि यस पटक भने हरिबहादुरले ११ जनाकै अर्को समूहलाई रुस पठाउन सफल भएका थिए ।

तर रुस पुगेका पाँच जना नेपाल फर्किएर प्रहरीमा उजुरी दिएपछि भने हरिबहादुर पक्राउ परे ।

हरिबहादुर त एक पात्रमात्र हुन्, उनीजस्ता १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

रुसी सेनामा पठाएर आफन्तलाई बिचल्ली पारेको भन्दै १५ जनाले काठमाडौं परिसरमा उजुरी दिएका छन्, जसमाथि अनुसन्धान भइरहेको र आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अवैध रूपमा रुसी सेनामा गएका सात जना नेपाली युवाले ज्यानसमेत गुमाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका, इलामका गंगाराज मोक्तान र कुन्दनसिंह नागलको मृत्यु भएको छ ।

यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनमा बन्धक बनेका छन् ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर रुस-युक्रेन युद्धमा थप एक नेपालीको मृत्यु भएको र चार नेपाली बन्धक बनेको जानकारी दिएको हो ।

युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन् ।

प्रकाशित समय: बिहिबार ५ पुस, २०८०, ०७:५४:२४

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
३ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०