कोसी प्रदेशका स्वास्थ्यकर्मी आन्दोलित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यकर्मीहरूले स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयकप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।

सो विधेयक पास नगर्न भन्दै प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्यकर्मीले मंगलबार कोशी प्रदेशसभा भवनबाहिर शान्तिपूर्वक विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रदर्शनअगावै विधेयकमा भएका केही व्यवस्थाप्रति आपत्ति जनाउँदै स्वास्थ्यकर्मीहरूले कोशी प्रदेशसभाका सबै राजनीतिक दललाई आठ बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए ।

उनीहरूले मुख्यमन्त्री केदार कार्की र स्वास्थ्य मन्त्रालयका सचिवलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रदेश सरकारले विधेयकमा कटौती गरेको मौजुदा संघीय स्वास्थ्य ऐन २०५३ को दफा ९ बमोजिम २ पटकसम्मको स्तरवृद्धि सम्बन्धी व्यवस्था पुनः समावेश गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले प्रदेश सरकारको विधेयकमा भएको कर्मचारीको तहवृद्धि तथा पदपूर्ति सम्बन्धी व्यवस्था संघीय स्वास्थ्य ऐनको दफा ८ सँग बाझिने भएकाले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

कर्मचारीको तहवृद्धिका लागि न्यूनतम शैक्षिक योग्यताको मापदण्ड निर्धारण गर्नुपर्ने मागसमेत उनीहरूको छ ।

तथापि, सरकारले संसदबाट उक्त विधेयक पास गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उक्त विधेकय पास गरेको हो ।

सो विधेयकबाट स्वास्थ्यकर्मीहरूको स्तरवृद्धिसम्बन्धी विद्यमान संरचना प्रभावित हुने देखिएपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रर्दशनपछि पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले उक्त विधेयक व्यवहारिक नदेखिएको बताएका छन् ।

प्रदेश सरकारले ल्याएको विधेयकमा संघीय स्वास्थ्य सेवा ऐनबमोजिम चौथो तहमा नियुक्ति भई छैठौं तहमा तह वृद्धि भएका स्वास्थ्य सेवाका अहेब र अनमिलगायतका प्राविधिकलाई न्यूनतम शैक्षिक योग्यताबिना नै सातौं तहमा तह वृद्धि गरिने व्यवस्था गरिएको छ ।

आधिकारिक ट्रेड युनियन तथा पेसागत संघ–संगठन र स्वास्थ्य मन्त्रालय समेतलाई कुनै जानकारी नदिई सरकारले उक्त विधेयक पास गरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ कोशी प्रदेश समितिका अध्यक्ष रामकुमार धमलाले बताए ।

‘अरू सबै स्थानीय तहका ट्रेड युनियनका साथीहरूसँग छलफल भयो,’ उनले भने, ‘तर, उहाँहरू कसैलाई पनि जानकारी छैन । स्वास्थ्यसँग जानकार कसैसँग सल्लाह नगरी यो विधेयक पास भयो ।’

कोशी प्रदेश सरकारले ल्याएको संसदबाट पास गरिसकेको विधेयकमा सातौं तहमा ५ वर्ष सेवा गरेपछि प्राविधिक कर्मचारीलाई आठौं तहमा तह वृद्धि गर्ने व्यवस्था गरिएको छ ।

सोही प्राविधिक कर्मचारीले आठौं तहमा १२ वर्ष सेवा गरेपछि अवकाश प्राप्त गर्नुभन्दा एक महिनाअघि नवौं तहमा बढुवा गर्नुपर्ने व्यवस्थासमेत ऐनको दफा ३० को उपदफा १ मा छ ।

ऐनमा भएको उक्त व्यवस्थाले चौथो तहको स्थाइ नियुक्ति भएको स्वास्थ्य प्राविधिक तह वृद्धिमार्फत नवौं तहमा पुग्ने र यस्ता कर्मचारीको मातहतमा आठौं तहका डाक्टर अर्थात् मेडिकल अधिकृतहरूले काम गर्नुपर्ने अवस्था सिर्जना भएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

यसले हालको विद्यमान स्वास्थ्य संरचनासमेत प्रभावित हुने देखिएको नेपाल स्वास्थ्यकर्मी संघ कोशी प्रदेशका महासचिव कुलबहादुर पौडेलले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०