कोसी प्रदेशका स्वास्थ्यकर्मी आन्दोलित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यकर्मीहरूले स्थानीय सेवा गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयकप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन् ।

सो विधेयक पास नगर्न भन्दै प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्यकर्मीले मंगलबार कोशी प्रदेशसभा भवनबाहिर शान्तिपूर्वक विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रदर्शनअगावै विधेयकमा भएका केही व्यवस्थाप्रति आपत्ति जनाउँदै स्वास्थ्यकर्मीहरूले कोशी प्रदेशसभाका सबै राजनीतिक दललाई आठ बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए ।

उनीहरूले मुख्यमन्त्री केदार कार्की र स्वास्थ्य मन्त्रालयका सचिवलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रदेश सरकारले विधेयकमा कटौती गरेको मौजुदा संघीय स्वास्थ्य ऐन २०५३ को दफा ९ बमोजिम २ पटकसम्मको स्तरवृद्धि सम्बन्धी व्यवस्था पुनः समावेश गर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले प्रदेश सरकारको विधेयकमा भएको कर्मचारीको तहवृद्धि तथा पदपूर्ति सम्बन्धी व्यवस्था संघीय स्वास्थ्य ऐनको दफा ८ सँग बाझिने भएकाले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

कर्मचारीको तहवृद्धिका लागि न्यूनतम शैक्षिक योग्यताको मापदण्ड निर्धारण गर्नुपर्ने मागसमेत उनीहरूको छ ।

तथापि, सरकारले संसदबाट उक्त विधेयक पास गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उक्त विधेकय पास गरेको हो ।

सो विधेयकबाट स्वास्थ्यकर्मीहरूको स्तरवृद्धिसम्बन्धी विद्यमान संरचना प्रभावित हुने देखिएपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रर्दशनपछि पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारले उक्त विधेयक व्यवहारिक नदेखिएको बताएका छन् ।

प्रदेश सरकारले ल्याएको विधेयकमा संघीय स्वास्थ्य सेवा ऐनबमोजिम चौथो तहमा नियुक्ति भई छैठौं तहमा तह वृद्धि भएका स्वास्थ्य सेवाका अहेब र अनमिलगायतका प्राविधिकलाई न्यूनतम शैक्षिक योग्यताबिना नै सातौं तहमा तह वृद्धि गरिने व्यवस्था गरिएको छ ।

आधिकारिक ट्रेड युनियन तथा पेसागत संघ–संगठन र स्वास्थ्य मन्त्रालय समेतलाई कुनै जानकारी नदिई सरकारले उक्त विधेयक पास गरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ कोशी प्रदेश समितिका अध्यक्ष रामकुमार धमलाले बताए ।

‘अरू सबै स्थानीय तहका ट्रेड युनियनका साथीहरूसँग छलफल भयो,’ उनले भने, ‘तर, उहाँहरू कसैलाई पनि जानकारी छैन । स्वास्थ्यसँग जानकार कसैसँग सल्लाह नगरी यो विधेयक पास भयो ।’

कोशी प्रदेश सरकारले ल्याएको संसदबाट पास गरिसकेको विधेयकमा सातौं तहमा ५ वर्ष सेवा गरेपछि प्राविधिक कर्मचारीलाई आठौं तहमा तह वृद्धि गर्ने व्यवस्था गरिएको छ ।

सोही प्राविधिक कर्मचारीले आठौं तहमा १२ वर्ष सेवा गरेपछि अवकाश प्राप्त गर्नुभन्दा एक महिनाअघि नवौं तहमा बढुवा गर्नुपर्ने व्यवस्थासमेत ऐनको दफा ३० को उपदफा १ मा छ ।

ऐनमा भएको उक्त व्यवस्थाले चौथो तहको स्थाइ नियुक्ति भएको स्वास्थ्य प्राविधिक तह वृद्धिमार्फत नवौं तहमा पुग्ने र यस्ता कर्मचारीको मातहतमा आठौं तहका डाक्टर अर्थात् मेडिकल अधिकृतहरूले काम गर्नुपर्ने अवस्था सिर्जना भएको स्वास्थ्यकर्मीहरूको गुनासो छ ।

यसले हालको विद्यमान स्वास्थ्य संरचनासमेत प्रभावित हुने देखिएको नेपाल स्वास्थ्यकर्मी संघ कोशी प्रदेशका महासचिव कुलबहादुर पौडेलले बताए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
३ हप्ताअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
४ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
१ महिनाअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०