मन्त्री उप्रेतीले सुझाए हात्ती प्रकोप रोक्ने उपाय

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशमा भइरहेको हात्ती प्रकोप रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार प्रदेशसभामा शून्य तथा विशेष समयमा मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले हात्तीले निम्त्याएको प्रकोपका विषयमा सरकार गम्भीर भएको बताएका हुन् ।

झापा, मोरङ र सुनसरी गरी कोशी प्रदेशका तीन जिल्लामा हात्ती र मानवबीच द्वन्द्व चर्किएको छ । हात्तीकै विषयमा मंगलबार प्रदेशसभाभित्र सांसदहरूले केन्द्रित भई सवाल उठाएका थिए ।

जसको जबाफ दिनेक्रममा मन्त्री उप्रेती हात्ती प्रकोप रोक्न अल्पकालीन र दीर्घकालीन गरी दुई उपाय सुझाए । ‘हामीले बजेटमै हात्ती करिडोर बनाउने भनेर व्यवस्था गरेका थियौं, त्यो काम सरकारले अगाडि बढाएको छ,’ उनले भने, ‘हात्तीको प्रकोप वन विनाससँग जोडिएको छ । यो विषयमा मुख्यमन्त्रीज्युले यसअघि सदनमै बताइसक्नुभएको छ ।’

‘अहिले हामीले जुन ढंगले वन विनास गरिरहेका छौं, त्यसले पनि वन्यजन्तु मानवबस्ती पुगेर बासस्थान तय गर्नुपर्ने बाध्यतामा छन्,’ उनले थपे, ‘यसले वन्यजन्तु र मानवबीच हिंसा उत्पन्न हुने परिस्थिति बनेको छ ।’

सरकारले तत्कालै हात्ती करिडोर क्षेत्र बनाउने र वन्यजन्तुमैत्री जंगल व्यवस्थापन प्रक्रियाबाट अगाडि बढाउने बताउँदै मन्त्री उप्रेतीले त्यसको स्थायी समाधान हुने औंल्याए ।

उनले हात्ती करिडोर क्षेत्र बनाउन सबैको सहकार्य आवश्यक हुने बताए ।

वन्यजन्युमैत्री वन(जंगल व्यवस्थापनमात्रै हात्ती प्रकोपको दीगो समाधान हुने उनले बताए ।

हात्ती प्रकोपको अल्पकालीन समाधानका लागि वन मन्त्रालयअन्तर्गतका डिभिजन कार्यालयहरूले सम्बन्धित ठाउँमा सुरक्षा संयन्त्र परिचालन गर्नेदेखि लिएर सचेतनाका कार्यक्रमहरू भएको मन्त्री उप्रेतीको भनाइ छ ।

साथै उनले हात्ती भारतीय र नेपाली नहुने पनि उल्लेख गरे । ‘हात्तीको कुनै नागरिकता हुँदैन,’ उनले भने, ‘हिजो भर्खरै हात्ती मारिएछ, गोली हानेको आशंका छ । त्यसरी हात्ती मार्न पाइँदैन ।’

हात्तीको आक्रमणमा परी मृत्यु भएकाको परिवारलाई राहत र क्षतिपूर्तिस्वरूप किरिया खर्चबापत ५० हजार दिइएको र क्षतिपूर्तिका लागि पहल थालिएको उनले बताए ।

बाली र घरको क्षतिका विषयलाई लिएर अहिलेसम्म कुनै निवेदन नपरेको उल्लेख गर्दै मन्त्री उप्रेतीले त्यस्ता निवेदन आएमा क्षतिपूर्ति उपलब्ध गराइने पनि उल्लेख गरे ।

मन्त्री उप्रेतीले प्रदेश नामकरणको विषयम उठेका जिज्ञासाहरूलाई प्रष्ट्याउँदै सोमबार पहिचान पक्षधरहरूसँग मुख्यमन्त्री केदार कार्कीले वार्ताका लागि पहल गरेको जनाए ।

उनले पछिल्लो समय बहुवर्षीय योजनाहरू अलपत्र पर्ने गरेको बताउँदै प्रदेश सरकारले सबै बहुवर्षीय योजनाहरूको अनुगमन गरी सम्बन्धित कार्यालयहरूमा काम अगाडि बढाउन पहल गरिसकेको बताए ।

प्रकाशित समय: मङ्गलबार १७ पुस, २०८०, १६:४६:२८

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०