अलपत्र अवस्थामा कोसी अस्पतालको नयाँ भवन, सकसपूर्ण बन्दै सेवा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० पुस, २०८०
३ वर्षअघि

विराटनगर । पछिल्लो समय अस्पताल परिसरमा दुईवटा ठुला भवन निर्माणको काम भइरहेको छ ।

३३ करोड २२ लाख ४८ हजारमा ठेक्का लगाएर सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरले पाँचतले भवन बनाइरहेको छ ।

Advertisement

आइसीयू सर्जिकल कार्डिक न्युरो एन्ड नेफ्रोलोजी भवनको निर्माण २०८० साल पुस २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने हो ।

नेपाल सरकारले अस्पतालको पूर्वाधार समस्या समाधान गर्न ३० महिनाअगाडि पाँचतले सुविधासम्पन्न भवन निर्माण गर्न ठेक्का लगाएको छ ।

तर, ठेकेदार कम्पनीले समयमा काम नगर्दा कोसी अस्पतालको नयाँ भवन अलपत्र अवस्थामा छ ।

२०७८ असार २३ गते सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रमनभूमि, बिआइपिएल जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सरकारले ५० करोड रुपैयाँ अङ्कमा नबढ्नेगरी ठेक्का आह्वान गरेकोमा उक्त जोइनभेन्चर कम्पनीले ३३ करोड २२ लाख ४८ हजार नौ सय ११ रुपैयाँमा ठेक्का सकारेका थिए ।

झन्डै ४० प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको कम्पनीले सुरुदेखि नै काममा आलटाल गर्ने, घाटा भयो भन्दै काम नगर्ने गरेका कारण अस्पताल निर्माणको काम यस अवधिमा २० प्रतिशत मात्र सकिएको छ ।

अब, पुन: ठेकेदार कम्पनीले आयोजनाको म्याद थप्ने तयारी अगाडि बढाएको छ ।

त्यसबाहेक अस्पताल परिसरमा रहेका मेटानिटी तथा सर्जिकल भवन, धोवी भवनसहित डाक्टरका क्वार्टर, रेडियोलोजी भवन तथा बच्चा विभागको भवन भत्काएर नयाँ १० तले भवन निर्माणको काम पनि जारी छ ।

सुबिधासम्पन्न भवन निर्माण गर्नका लागि काठमाठौंको केसी कन्ट्रक्सनले कोसीका केही भवन भत्काइसकेको छ ।

दुईतलामा अन्डरग्राउन्ड पार्किङ र अरू आठतलामा मेडिकल भवन बनाउने गरी केसी कन्ट्रक्सनले गत वर्षको पुस १३ गते ठेक्का पाएको हो ।

संघीय आयोजनाकै उक्त संयोजनमा निर्माण हुन लागेको सो भवनको डिजाइन सहरी विकास तथा भवन निर्माण विभागले गरेको हो । दुई अर्ब १७ करोड लागत रहने सो भवनको निर्माण कार्य २०८२ साल पुसमा सक्नुपर्ने छ ।

भवन निर्माणको काम अलपत्र हुँदा सेवाग्राहीलाई सास्ती

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा ठेकेदार कम्पनीले लापरबाही गर्दा कोसी प्रदेशको एकमात्र ठुलो सरकारी अस्पतालबाट सर्वसाधारणले गुणस्तरीय सेवा लिन पाएका छैनन् ।

दैनिक एक हजार पाँच सयदेखि दुई हजार जनासम्मले आकस्मिक तथा बहिरङ्ग सेवा लिने गरेको सो अस्पताल निम्न आर्थिक अवस्था भएका सर्वसाधारण, स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने नागरिक तथा मध्यम वर्गका सर्वसाधारणले नियमित सेवा लिने गरेका छन् ।

अस्पतालको पुरानो दुईतले भवन भत्काएका कारणले पनि कोशीमा पूर्वाधार अभाव खड्किएको हो ।

साँघुरो ठाउँबाट एक्सरे, अल्ट्रासाउन्ड तथा अन्य सेवा लिनुपर्ने, बिरामी भर्ना गरेर उपचार गर्न शैय्याको अभाव हुने जस्ता समस्या अस्पतालमा देखिएको छ ।

ठेकेदार र साझेदारबीच विवाद भएका कारण विगत लामो समय अस्पताल निर्माण अलपत्र बनेको थियो ।

त्यसबीचमा कृष्ण बोहरा सञ्चालक रहेको भूमि कन्स्ट्रक्सन बीचैमा काम छोडेर सम्पर्कविहीन भएको थियो ।

पछिल्लो समय भूमि कन्स्ट्रक्सनको साझेदार रमणका सञ्चालक पवनकुमार महतोले कामलाई अगाडि बढाए पनि कामले गति भने लिएको छैन ।

लामो समयसम्म निमार्णको काम रोकिएको र समयमा निर्माण सम्पन्न नहुने भएपछि ठेकेदार कम्पनीको समयावधि थप गर्ने तयारी गरेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख सुरेन्द्रकुमार साहले बताए ।

थपिएको समयभित्र काम सक्ने गरी ठेकेदार कम्पनीलाई सर्त गराइने उनको दाबी छ ।

निर्माण कम्पनीले २० प्रतिशत प्रगति भएको उल्लेख गरी अहिलेसम्म आठ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको कार्यालयले जनाएको छ ।

अहिले तीन सय ५० शैय्यामा सञ्चालन भइरहेको कोसी अस्पतालमा झन्डै पाँच सय शैय्यामा बिरामीको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ भवन निर्माणसँगै अस्पतालको क्षमता वृद्धि गरी पाँच सय शैय्या क्षमतामा पुर्‍याउने तयारी थियो ।

तर, समयमा भवन नबन्दा स्तरोन्नतिको योजनासमेत अलपत्र बन्न पुगेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०