प्रदेश नामकरणको असन्तुष्टि संवाद र छलफलबाट समाधान गर्छौं : प्रधानमन्त्री

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ पुस, २०८०
३ वर्षअघि

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश नामकरणको असन्तुष्टस संवाद र छलफलकै माध्यमबाट गरिने बताएका हुन् ।

Advertisement

प्रदेशको नाम परिवर्तन गर्न आन्दोलनरत पहिचान पक्षधरलाई अतिवादतिर नजान पनि प्रधानमन्त्रीको सुझाव छ ।

‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढङ्गले यसको समाधान गर्नुपर्छ,’ उनले भने, ‘नामको विषयमा आन्दोलनमा जाने साथीहरूलाई पनि भेटेर एक्स्ट्रिममा जान दिनुहुँदैन भनेको छु ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले एक वर्षमा आफूले सोचेअनुसार नतिजा दिन नसकेपनि सरकार असफल भने नभएको बताए ।

गठबन्धनका सीमा र परिस्थितिको अफ्ठेरोको कारण सोचेजति काम हुन नसकेको पनि उनको भनाइ छ ।

‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन,’ उनले भने, ‘गठबन्धनको सरकार हो । सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’

सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितको मुद्दा सम्बोधन, नागरिकता समस्याको समाधान, भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा ऐतिहासिक काम भएको दाबी गरे ।

आफ्नो पार्टीको नामबाट कम्युनिष्ट हटाउन लागेको भन्ने चर्चा सही नभएको भन्दै प्रचण्डले माओवादी केन्द्रको सट्टामा समाजवादी केन्द्र हुनसक्ने बताए ।

प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको बताउँदै विधि, विधान र कानुनभन्दा माथि कसैलाई पनि छुट नहुने बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०