पहिचान पक्षधरलाई मन्त्री उप्रेतीको जवाफ : शङ्का नगर्नुस्, हामी पहिचानविरोधी होइनौं

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेश नामकरणका विषयमा आन्दोलनरत पहिचान पक्षधरलाई चाँडै नामको छिनोफानो हुने बताएका छन् ।

बिहीबार मोरङ केराबारी गाउँपालिका–३ मा आयोजित ख्रीष्टमसको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

Advertisement

कार्यक्रमस्थल जानेक्रममा अवरोधको स्थिति बनाउन प्रयासरत टोलीप्रति इङ्गित हुँदै मन्त्री उप्रेतीले भने, ‘पुनः नामकरण हुनुपर्छ भन्दै केही साथीहरूले आज बाटैमा आफ्ना माग राख्नुभयो । हामीले नाम र पहिचानको विषय वार्तामार्फत चाँडै नै टुङ्ग्याउने भनिरहेकै छौं भने तपाईंहरूले किन धैर्यता गर्न सक्नुभएको छैन ?’

दुईतिहाई सांसदको समर्थनमा संसदबाट प्रदेशको नाम पारित गरेको भए पनि पुनः दुईतिहाई मत ल्याएर प्रदेश नामकरण गर्न सकिने उनको भनाइ छ ।

मन्त्री उप्रेतीले वर्तमान प्रदेश सरकार कठिन परिस्थितिबाट बनेको बताउँदै सम्भव भएसम्म सदनबाटै यसको हल निकाल्ने बताए ।

आफूले संसद नियमावलीमा दुईतिहाई सांसदले प्रदेशको नाम परिवर्तन गर्न चाहेमा उक्त प्रावधान पनि राखिनुपर्ने भनेर प्रस्ताव दर्ता गराएको उनको भनाइ छ ।

आफूले धर्मनिरपेक्षता, सङ्घीयता र पहिचानपहिचानकै पक्षमा लडेर आएको स्मरण गराउँदै मन्त्री उप्रेतीले आफूहरूलाई पहिचानविरोधी भनेर आशङ्का नगरिदिन आग्रह गरे ।

‘यो सरकार अहिले निकै विशिष्ट अवस्थामा बनेको छ, अहिलेसम्म मन्त्रीमण्डलले समेत पूर्णता पाउन सकेको छैन,’ उनले थपे, ‘धैर्यता राख्नुस्, सरकारलाई पूर्ण हुन दिनुहोस्, सरकारलाई अगाडि बढ्न दिनुहोस् । अङ्कगणित र एउटा कठिनाइका कारण यो नाम रहन गयो । अब सहमति कायम गरेर यसलाई परिवर्तन गर्न सकिन्छ ।’

‘हामी पनि पहिचानकै पक्षमा छौं, पहिचान, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि लडाइँ लडेर आएका हौं,’ उनले थपे, ‘हामी पहिचानविरोधी होइनौं । हामीलाई शङ्का नगरिदिनुहोला । तपाईंहरूको आन्दोलनको पक्षमा हामी छौं ।’

सरकार समृद्धिको सपना बोकेर अगाडि बढिरहेको बताउँदै उनले यस काममा सबैले हातेमालो गरे अघि बढ्नुपर्ने उनले सुझाए ।

यस्तै, मन्त्री उप्रेतीले नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले सबै धर्मप्रति समान आदर गर्नुपर्ने बताउँदै धर्मनिरपेक्षताको पक्षमा अहिलेको संविधान र वर्तमान सरकार रहेको बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०