गगन, शेखर कि देउवाः काे बन्ला कांग्रेस संसदीय दलकाे नेता ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ पुस, २०७९
४ वर्षअघि
गगन, शेखर कि देउवा

नेपाली कांग्रेसले आगामी बुधबार संसदीय दलको नेता छान्न निर्वाचन गर्ने भएको छ ।

पुस ६ गते बुधवार बिहान संसदीय दलको नेताका लागि चुनाव गरिने कांग्रेसले जनाएकाे हो ।

Advertisement

कांग्रेस संसदीय दलको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने गरी चुनावको मिति तोकेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले सोमबार नै मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधि सभाका सांसद मतदाता हुने व्यवस्था छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ ।

कांग्रेसको संस्थापन पक्षबाट देउवा मात्रै उम्मेदवार बन्दा संस्थापनबाहिरको पक्षबाट कोइराला र थापा प्रतिस्पर्धामा जाने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

संसदीय दलकाे नेताका लागि थापाले निर्वाचनअघि बाट नै दाबी गर्दै आएका थिए । तर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत नगरिसकेका कोइरालाको घुमाउरो कदमले कांग्रेसको संसदीय दलको नेताको निर्वाचनलाई थप रोमाञ्चक बनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०