कासिमिरो युनाइटेडमा अनुबन्धित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ भदौ, २०७९
४ वर्षअघि
कासिमिराे

ब्राजिलियन मिडफिल्डर कासिमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

उनलाई युनाइटेडले रियल मड्रिडबाट ७० मिलियन युरोमा क्लबमा अनुबन्धित गरेको हो ।

यस वर्षको बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको रहेका उनलाई युनाइटेडले चार वर्षका लागि भित्र्याएको हो । कासिमिरो सन् २०२७ सम्म युनाइटेडमा रहने सम्झौता गरिएको छ ।

रियल छाड्ने औपचारिक घोषणा कासिमिरोले नगरे पनि क्लबका प्रशिक्षक कार्लाे एन्सोलेटीले उनले क्लबबाट बिदा मागेको पुष्टि गरेका छन् ।

३० वर्षीय कासिमिरोको विषयमा युनाइटेडले हालसम्म आधिकारिक केही बताएको छैन ।

सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा रहेका कासिमिरोले १० वर्षपछि रियल छाड्न लागेका हुन् ।

रियलमा उनले पाँच च्याम्पियन्स लिग, तीन ला लिगा, तीन युइएफए सुपर कप, तीन स्पेनिस सुपर कोपा र तीन फिफा क्लब विश्वकप जितेका छन् ।

रियलबाट उनले ८ सिजन खेल्दा तीन सय ३६ खेल खेल्दै ३१ गोल गरेका छन् ।

२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले राष्ट्रिय टोलीबाट कोपा अमेरिका २०१९ जितेका छन् ।

प्रकाशित समय: शनिवार ४ भदौ, २०७९, ०९:०२:४७
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०