एनएमएसआरएले मनायाे १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ ब‌ैशाख, २०७९
४ वर्षअघि
मजदुर दिवस

नेपाल औषधी बिक्रि तथा प्रतिनीधि सङ्घ (एनएमएसआरए) विराटनगर इकाइले आज १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

दिवसका अवसरमा सङ्घले विराटनगर बजारमा प्रभात फेरि गरेर कार्यक्रमको सुरुआत गरेको थियो। शहिद रङ्गशालाबाट सुरू गरिएकाे प्रभात फेरि अस्पताल चोक, जलजला चोक, गोल्छा चौक, माेरङ्ग जिल्ला प्रशासन कार्यालय चोक हुँदै पुन: कार्यालय पुगेर सकिएकाे थियो।

मजदुरहरु एक हुनुपर्ने सन्देश प्रवाह गर्न एवम् मजदुरको हकअधिकार सुनिश्चितताका लागि र्याली निकालिएको सङ्घका सचिव दिपेन्द्र कार्किले द शब्द एक्सप्रेसलाई जानकारी दिए ।

प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइने चलन छ ।

हरेक वर्ष दिवसमा संस्थाले मोटरसाइकल र्याली लगायत कार्यक्रमहरु आयोजना गर्ने गरेको थियाे तर विद्यमान इन्धन अभावकाे समस्यालाई ध्यानमा राख्दै पैदल र्याली आयोजना गरेकाे संस्थाका अध्यक्ष प्रमोद साहले बताए ।

‘एनएमएसआरएमा झण्डै ४०० सदस्य आबद्ध छन, प्रत्येक सदस्यहरुले पेशागत रुपले नियमित्त यात्रा गर्नुपर्ने हुन्छ, पेट्राेलकाे अभाव हुँदा कस्ताे हुन्छ भन्ने हामीले भाेगेका छाैँ’ अध्यक्ष साहले भने, ‘त्यसैले अहिलेकाे परिस्थितीमा मितव्ययी हुने विभिन्न उपायहरूबारे संस्थाले केहि महिनादेखि पहल गर्दै आइरहेको छ । आजकाे पैदल प्रभात फेरी पनि त्यसैकाे उपज हाे ।’

र्याली पछि संस्थाले आयोजना गरेको औपचारिक कार्यक्रममा मजदुर दिवसको इतिहास र औचित्य तथा मजदुर हक-अधिकारका कुराहरुबारे छलफल गरिएकाे थियो।

साथै, कार्यक्रममा एनएमएसआरए र इन्स्टेन्ट ब्लड डाेनर (आइबिडी)बीच रगत अभाव हल गर्न सक्ने सहकार्य गर्ने सहमति समेत भएकाे छ ।

संस्थाका अधिकतम सदस्यहरु नियमित रक्तदाता रहेकाले आवश्यक परेको बेला संस्थागत रुपमै पहल गरेर रक्तदाता उपलब्ध गराउने प्रतिबद्धताका साथ, बिरामी र रक्तदाता बिच समन्वय गरि रक्तदान गराउँदै आएकाे आइबिडीबीच सहकार्य गर्ने घोषणा गरिएकाे आइबिडीका संयाेजक सुरेन्द्र मल्लले जानकारी दिए ।

कार्यक्रमकाे अन्त्यमा विशिष्ठ अतिथि तथा प्रा.डा. अजय भट्टराईले पेशागत तनाव व्यवस्थापन गरि कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने विषयमा संस्थाका सदस्यहरुसँग अन्तरक्रिया गरेका थिए ।

प्रकाशित समय: आईतबार १८ ब‌ैशाख, २०७९, २२:२७:०२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०