महिला सफारी चालकलाई दुखैदुःख

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ ब‌ैशाख, २०७९
१ वर्षअघि
सफारी

सुशीला थापा विराटनगरकी हातमै गन्न सकिने सिटी सफारी चालकमध्येकी एक हुन् ।

विराटनगर महानगरपालिकाको तथ्याङ्क हेर्ने हो भने महानगर क्षेत्रभित्र हालसम्म आठ जना महिला सफारी चालक छन् ।

महिला सफारी चालकको सङ्ख्या घटिरहेको महानगरको तथ्याङ्क बताउँछ । विगत ६ वर्षयता सफारी चलाइरहेकी थापाको अनुभवले पनि सङ्ख्या घटिरहेको नै बताउँछ ।

विराटनगरमा महिला सफारी चालका समस्या के-के हुन्, सङ्ख्या किन घटिरहेको छ लगायतका विषयमा रहेर थापासँग गरिएको कुराकानीः

१. कति भयो तपाईंले सफारी चलाउन थाल्नु भएको ?

मैले चलाउन थालेको पाँच वर्ष पूरा हुन लाग्यो ।

२. सफारीमा दिनभरिको कमाइ कति हुन्छ ?

कति मान्छे पाइन्छ भन्ने कुरामा भर पर्छ । रिजर्भ पाइयो भने थोरै मान्छेबाट नि राम्रै आम्दानी हुन्छ । रिजर्भ पाइएन भने दिनभरि मान्छे खोज्नु पर्छ । अलि खटेर लाग्ने हो भने एक हजारसम्म हुन्छ ।

३. सन्तान कति छन्, सफारीकै आम्दानीले घर खर्च चलाउनुहुन्छ कि आम्दानीका अन्य स्रोत पनि छन् ?

(हाँस्दै) सन्तान दुई जना छन् । अहिलेसम्म त खान-लाउन सफारीले पुर्‍याइरहेको छ । श्रीमान् पनि सफारी नै चलाउनुहुन्छ । दुवै जनाको आम्दानीले जसोतसो चलिरहेको छ । अब हामीजस्ता ज्यालामजदूरी गरेर खानेको अरू त आम्दानीको के स्रोत हुन्छन् होला र !

४. विराटनगरमा सफारी धेरै भएपनि महिला सफारी चालक थोरै छन् । महिला चालकले भोग्नु पर्ने समस्या के-के छन् ?

समस्या त धेरै छन् । तीमध्येको सबैभन्दा ठुलो समस्याचाहिँ सार्वजनिक शौचालयको हो । बिहान घरबाट निस्किएदेखि नै शौच कहाँ गर्ने भनेर समस्या हुन्छ ।

पार्किङ भएको ठाउँमा शौचालय हुँदैनन्, शौचालय भएका ठाउँमा पार्किङ छैनन् । मानिसले शरीरमा धेरै समयसम्म पिसाब थामेर राख्दा मिर्गौलामा समस्या निम्तिने रहेछ । म आफैँ पनि त्यसबाट पीडित छु ।

५. यसबाहेक अन्य कस्ता भोग्नु परेको छ ?

पुरुष चालकले अलि हेप्नुहुन्छ । जानीजानी ओभरटेक गर्ने, पछाडिबाट आएर सफारी ठोकाइदिने, छेउमा आएर हल्ला गर्ने गर्नुहुन्छ । महिला सफारीचालक भनेरै हेप्नु भएको हो जस्तो लाग्छ ।

महिला रहेछ भनेर चढिसकेका धेरै मान्छे ओर्लने गर्नुहुन्छ । त्यति खेर अलि नरमाइलो लाग्छ ।

६. प्रहरी र प्रशासनबाट कत्तिको दुःख पाउनुहुन्छ ?

प्रशासनबाट खासै छैन, कहिलेकाहीँ अलिअलि समस्या हुन्छ । प्रहरीबाट पनि खासै छैन । त्यहीँ चढेको बेला पैसा दिनुहुन्न ।

७. तपाईँहरूले नमागेर पो हो कि ?

वहाँहरूले दिनुहुन्नँ माग्दा पनि ! कोही-कोही महिला प्रहरीले दिनुहुन्छ अरू त चढ्ने र ठाउँमा पुगेपछि ओर्लने मात्र हो । नदिने भएकाले हामी पनि माग्दैनौँ ।

७. विवाहित हुनुहुन्छ, दुई सन्तानका अभिभावक हुनुहुन्छ । घरमा, सन्तान र सफारीलाई समय मिलाउन निकै हम्मे पर्छ होला नि ?

महिलालाई अलि समस्या नै हुने रहेछ । बाहिर काम गरेपनि घरभित्र पनि आफैँ खटिनुपर्ने बाध्यता छ । बिहान उठेर खाना बनाएर, खाएर-खुवाएर केटाकेटीलाई स्कुल पुर्‍याउँछु अनि दिनभर सफारीमा चलाउँछु ।

केटाकेटीलाई स्कूलबाट ल्याउने जिम्मा श्रीमानको हो । घर आउँदा बेलुका हुन्छ तर पनि खाना बनाउने खुवाउने आफैँ गर्छु । गरिदेलान् भन्ने कोही छैनन्, त्यहीँ भएर सबै काम श्रीमान्-श्रीमती मिलेर नै गर्छौँ । तर पनि महिलाले अलि धेरै गर्नैपर्छ ।

८. तथ्याङ्कले महिला सफारी चालकको सङ्ख्या घटेको देखाउँछ, सङ्ख्या किन घटेको जस्तो लाग्छ तपाईँलाई ?

सार्वजनिक शौचालयको अभाव मुख्य कारण हो । शरीरमा नै समस्या आउन थालेपछि मसँगै सफारी चलाउन थाल्नुभएका थुप्रै साथीहरूले पेसा नै छाड्नु भयो ।

दोस्रो परिवारको साथ पनि हो जस्तो लाग्छ । म र श्रीमान् दुवै यहीँ पेसामा भएकाले हामीले एकअर्काको बारेमा र पेसाका बारेमा बुझेका छौँ । मान्छे भेटेपछि टाढा-टाढा अबेरसम्म पनि हिँड्नुपर्ने हुन्छ ।

नबुझ्नेका लागि यहीँ ठुलो समस्या हुन सक्छ । परिवारमा बेमेल भएपछि धेरैले सफारी चलाउन छाड्नु भएको हुन सक्छ ।

९. सफारीले विराटनगरको ट्राफिक व्यवस्थापनलाई अस्तव्यस्त बनाएको छ भन्ने आरोप छ नि !

पछिल्लो समय सफारीको सङ्ख्या साँच्चै धेरै भएको छ । यसले कुनै न कुनै प्रकारले ट्राफिक व्यवस्थापनलाई समस्या त पारेकै होला । नयाँ सफारी दर्ता प्रक्रियालाई रोकेर चुस्त व्यवस्थापन कसरी गर्नेबारे महानगरले सोच्नुपर्छ ।

१०. सफारीचालकका थुप्रै समस्या होलन्, चालकलाई सजिलो हुने गरी सम्बन्धित निकायले के गरिदिए हुने थियो जस्तो लाग्छ तपाईँलाई ?

पहिलो कुरा भाडामा एक रूपता छैन । निश्चित भाडा नभएकाले सफारी चालकको मनपरि छ । यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिए चढ्ने मान्छे र सफारी चलाउने दुवैलाई सजिलो हुनेथियो ।

त्यसबाहेक, सार्वजनिक शौचालय महानगरका विभिन्न क्षेत्रमा भए सहज हुन्थ्यो । अब धुँवाधुलो हटाउन, बाटाका खाल्डाखुल्डीलाई बनाए हामीलाई सफारी चलाउन सजिलो हुन्थ्यो । महङ्गीले हामीलाई पनि मारमा पारेको छ ।

ब्याट्री र मेनटेनेन्सको दाम आकासिएको छ, सरकारले यसतर्फ ध्यान दिए हामीजस्ता विद्युतीय साधन चलाउनेलाई सहायता हुनेथियो ।

प्रकाशित समय: आईतबार १८ ब‌ैशाख, २०७९, १६:३६:३८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८