नेपाल–भारत व्यापार र लगानी सहकार्यबारे कोलकातामा छलफल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ ब‌ैशाख, २०८३
५ महिनाअघि
काठमाडौँ– नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी’ छलफल कार्यक्रम आयोजना गरेको छ ।

गत मङ्गलबार आयोजित कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको महावाणिज्यदूतावासले जनाएको छ । कार्यक्रममा नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सहकार्य सुदृढ गर्ने प्रयासबारे पनि विमर्श गरिएको थियो ।

कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाहका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कस्टम हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, बन्दरगाहका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले उपलब्ध सुविधा, पूर्वाधार विकास र नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवर्द्धनसम्बन्धी सुझाव राखेका थिए । सहभागीले उठाएका जिज्ञासा तथा समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिएका थिए ।

महावाणिज्यदूत आचार्यले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवर्द्धनका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित समय: बिहिबार ३१ ब‌ैशाख, २०८३, १०:११:५४

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२३ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
७ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०