विराटनगर । आर्थिक वर्ष ०८१/८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार यो वर्ष गरेको लेखापरीक्षणअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
साथै, सो प्रदेशले गत वर्षमा १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य सबैभन्दा धेरै हो ।