नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ चैत, २०७८
१ वर्षअघि
वायु प्रदूषण

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ ।

सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ ।

यस वर्ष सरकारले नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ २४ चैतमा विश्व स्वास्थ्य दिवस मनाउँदै छ ।

तर नेपालमा नेपालमा बर्सेनि वयु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल जलवायू परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरू (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाइ छ ।

प्रत्येक वर्ष हामीले रोक्न सकिने वातावरणीय असरका कारण संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु वातावरणीय प्रभावका कारणले हुने गरेको हो ।

विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा विश्वमा हरेक वर्ष १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्ने र ७० लाख मानिसको ज्यान प्रदूषित हावामा श्वास फेर्नाले जाने गरेको उल्लेख छ ।
त्यस्तै विश्वमा दुई अर्ब मानिसले मात्र सुरक्षित पिउने पानी गरेकोमा साढे तीन अर्ब भन्दा बढि मानिस सुरक्षित सरसफाईको अभावमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार नागरिकको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

मन्त्रालयले जलवायू परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न पहलहरु भइरहेको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।

सरकारले हालै सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायू परिवर्तन सम्मेलनमा जलवायू परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायू उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिवद्धता जनाएको थियो ।

 

प्रकाशित समय: बिहिबार २४ चैत, २०७८, ११:४५:३७
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८