यस्तो छ प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ चैत, २०७८
४ वर्षअघि
शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा भोलि मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचाैँ पटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

तीन दिनको व्यस्त कार्यसूचीसहितको यो भ्रमणलाई स्वदेश र छिमेकमा पनि निकै महत्त्व र चासोका साथ हेरिएको छ ।

गत असार २९ गते पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रम देउवाको यो पहिलो औपचारिक दुई पक्षीय भारत भ्रमण हो ।

४८ घन्टाको दिल्ली बसाइमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी र त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग महìवपूर्ण भेटवार्ता गर्नेछन् ।

दुवै सरकार प्रमुखको उपस्थितिमा केही दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर पनि हुँदै छ ।

यसअघि गत पुस २४ देखि २८ सम्म गुजरातमा आयोजना गरिएको ग्लोबल समिटमा प्रम देउवा जाने तयारी भएकोमा भारतमा कोरोना सङ्क्रमण बढेपछि भारत भ्रमण स्थगित भएको थियो ।

लामोअन्तरालपछि नेपालबाट भारतमा हुन लागेको उच्चस्तरको औपचारिक भ्रमणले नेपाल भारतबीचको सम्बन्ध अझ सुदृढ र न्यानो हुने अपेक्षा गरिएको छ । यो भ्रमणको एजेन्डा र अपेक्षित उपलब्धिबारे यतिबेला कुटनीतिक र राजनीतिक वृतमा विभिन्न कोणबाट अनुमान तथा विश्लेषण भइरहेको छ ।

भ्रमणका बेला दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा जनकपुर–जयनगर रेल्वेको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यही अवसरमा यता जनकपुरमा रेल सञ्चालनमा ल्याउनुका साथै औपचारिक समारोह हुँदै छ ।

जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास रेल खण्ड भारत सरकारको सहयोगमा निर्माण भएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरू, सचिवहरु तथा पदाधिकारीहरू रहेका छन् ।

भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।

यस्तो छ भ्रमण तालिका

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ ।

साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुनेछ ।

त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देउवा आइतबार भारत जाने

प्रकाशित समय: शुक्रबार १८ चैत, २०७८, ०७:५९:४१
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०