पुरुषहरूका लागि गर्भनिरोधक चक्की

प्रभावकारी गर्भनिरोधक चक्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
४ वर्षअघि
गर्भनिरोधक

बजारमा गर्भ बस्न नदिनका लागि महिलाहरूले खाने गर्भनिरोधका लागि चक्की पाइन्छ ।

अब भने गर्भ बस्नबाट रोक्नका लागि पुरुषहरूले खान मिल्ने गर्भनिरोधक चक्की पाइने भएको छ । मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकहरूले पुरुषका लागि गर्भनिरोधक चक्की पत्ता लगाएका हुन् ।

सो चक्की गर्भ रोक्नका लागि ९९ प्रतिशत प्रभावकारी हुने बताइएको छ । गर्भ बस्नबाट रोक्न सक्ने वाइसिटी ५२९ नामक नन हर्मोनल ड्रग वैज्ञानिकहरूले मुसामा परीक्षण गराइसकेका छन् ।

औषधिको सेवन पछि कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएको बताइएको छ । परिक्षणका क्रममा मुसालाई लगभग चार हप्तासम्म सो औषधि खान दिइएको थियो ।

चार हप्तापछि मुसालाई औषधि दिन बन्द गरेपछि मुसाको बच्चा भएको थियो । वैज्ञानिकहरूका अनुसार उक्त नन हर्मोनल ड्रग ले पुरुषको शरीरमा प्रोटिनको सञ्चार बन्द गरिदिन्छ जसले शुक्रकिटलाई पनि रोक्न सक्छ ।

अनुसन्धानको नेतृत्व गरिरहेका प्रोफेसर गुण्डा जर्जले वाइसिटी ५२९ चक्की धेरै प्रभावकारी भएको बताएका छन् । वाइसिटी ५२९ ले रेटिनोइक एसिड रिसेप्टर अल्फालाई टार्गेट गर्छ ।

रेटिनोइक एसिड रिसेप्टर अल्फा एक प्रकारको प्रोटिन हो जसले शुक्रकिटको निर्माण गर्नुका साथै कोशिकाहरूको विकास गर्न मद्दत गर्छ । मुसामा उक्त औषधिको सेवनपछि शुक्रकिटको सङ्ख्यामा कमी आएको थियो ।

महिलाले प्रयोग गर्ने गर्भनिरोधक औषधिहरूले महिनामा एक पटक मात्र हुने ओभ्युलेसनलाई रोक्ने र गर्भ रहन नदिने काम गर्छ । तर, लाखौँको सङ्ख्यामा हुने शुक्रकिटको उत्पादन रोक्नका लागि पुरुषले गर्भनिरोधक औषधिको प्रयोग हरेक दिन गर्नुपर्ने हुन्छ ।

क्लिनिकल परीक्षण भएका औषधिहरूले पुरुषको टेस्टेस्ट्रोनलाई प्रभावित गर्ने गर्छ । उक्त औषधिले पुरुषमा सेक्स हर्मोनलाई ब्लक गर्छ । जसले स्वस्थकर स्पर्म सेलहरु निर्माण हुँदैनन् ।

डाक्टरले उक्त औषधिको सेवनले पुरुषमा तौल बढ्ने, डिप्रेशन, उच्च कोलेस्ट्रोल आदिको समस्या हुनसक्ने बताएका छन् । सन् २०२२ मा बिचमा वाइसिटी ५२९लाई मानिसमा परीक्षण गरिने बताइएको छ । यसअघि ब्रिटेनका पुरुषहरूमा गर्भनिरोधक चक्कीको परीक्षण गरिएको थियो ।

सन् १९५० देखि वैज्ञानिकहरूले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की, जेल र खोपको विकास गर्ने कोसिस गरिरहेका छन् । तर, अहिलेसम्म बजारसम्म आइपुग्ने अनुमति भने कुनै औषधिले पाएका छैनन् ।

 

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:३१:२६

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०