मैत्रीपूर्ण फुटबल : नेपाल थाई क्लब चोनबुरीसँग पराजित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
२ वर्षअघि
मैत्रीपूर्ण फुटबल

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ ।

चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल चोनबुरीसँग ३–१ गोलले पराजित भयो ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।

पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गाेल गर्‍याे । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।

नेपाली टोलीले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

नेपाल थाइल्यान्डसँग २–० गोलले पराजित भएको थियो ।

त्यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् ।

नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, १८:०९:५६
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८