मैत्रीपूर्ण फुटबल : नेपाल थाई क्लब चोनबुरीसँग पराजित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
४ वर्षअघि
मैत्रीपूर्ण फुटबल

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ ।

चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल चोनबुरीसँग ३–१ गोलले पराजित भयो ।

नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।

पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गाेल गर्‍याे । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको हो ।

नेपाली टोलीले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

नेपाल थाइल्यान्डसँग २–० गोलले पराजित भएको थियो ।

त्यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् ।

नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, १८:०९:५६
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०