गर्भावस्थामा भिडियो एक्स-रेः कतिपटक गराउनु पर्छ?

गर्भावस्थामा एक्स रे

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ चैत, २०७८
५ वर्षअघि
गर्भावस्था

शरीरको भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या आएमा पनि भिडियो एक्स-रे (अलट्रासाउण्ड वा युएसजी) गर्न सल्लाह दिइन्छ ।

यसबाहेक गर्भावस्थामा भिडियो एक्स-रेको विशेष प्रयोग हुनेगर्छ । गर्भावस्थामा भिडियो एक्स-रे गर्नु नहुने भन्ने भ्रम समजमा व्यापक रुपमा फैलिएको पाइन्छ ।

Advertisement

मानिसहरूमा एक्स-रेमा भएको विकिरणले शरिरलाई हानि हुनसक्छ भन्ने बुझाइ बढेको छ । जसकारण भिडियो एक्स रे धेरै पटक गर्दा क्यान्सर हुने, बाझोपन निम्त्याउँन सक्ने भनेर सुनेको कारण समाजमा भिडियो एक्सरेसँग सम्बन्धित पनि भ्रम फैलिएको हुनसक्छ ।

युएसजीलाई भिडियो एक्स-रे भनिने हुदा यसले बच्चामा असर गर्छ भन्ने भ्रम पैदा हुनु समान्य रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत स्त्री रोग तथा प्रसूति विशेषज्ञ सिद्धार्थ कुमार यादव बताउँछन् । उनका अनुसार भिडियो एक्स-रेबाट अन्यको जस्तो विकिरण नआउने हुदा यसले आमा र बच्चामा कुनै पनि प्रकारको असर गर्दैन ।

गर्भावस्थामा जति पटक सम्म युएसजि गराएपनि सेफ नै हुने र यसले बच्चालाई असर नगर्ने डा. यादवको भनाइ छ । गर्भावस्थामा बच्चाको स्थिति थाहा पाउन भिडियो एक्स-रे गरिन्छ । डा. यादवका अनुसार गर्भावस्थामा कम्तिमा पनि तिनपटक सम्म भिडियो एक्सरे गर्नु पर्छ ।

पहिलो भिडियो एक्सरेबाट बच्चा गर्भमा बसेको वा नबसेको हेर्न, गर्भ बसेको कति हप्ता भएको, गर्भमा कति वटा बच्चा छ र डेलिभरी हुने अपेक्षित मिति थाहा पाउन सकिन्छ । त्यसपछि दोस्रो त्रैमासिक अर्थात् १८ देखि २२ हप्तामा एनोमली स्क्यान गर्नुपर्ने हुन्छ ।

एनोमली स्क्या बाट बच्चाको अवस्था, शारीरिक बनावटमा खराबी भए नभएको, बच्चाको सम्पुर्ण शारीरिक र दिमागी अवस्था तथा जन्मजात रोग पत्ता लगाउँनका लागी गरिन्छ ।

साथै, अन्तिम तिन महिना वा तेस्रो त्रैमासिकमा सालको पोजिसन हेर्न, बच्चा बसेको पोजिसन हेर्न (उल्टो बसेको वा सुल्टो), आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा हेर्न र डेलिभरीको बेला हुनसक्ने जटिलता पत्ता लगाउन भिडियो एक्स रे गरिन्छ ।

यी उल्लेखित कारण वा समय भन्दा अरु कारण वा आमा र बच्चामा केहि समस्या भएमा पनि भिडियो एक्स-रे गर्न आवश्यक हुनसक्ने डा. यादवको भना‍इ छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०