लेटाङ घटना : झपडमा यसरी भएको थियो महिला प्रहरीको हत्या

शिक्षकले दानव रुप देखाएपछि निम्तिएकाे वियाेगान्त घटना

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
५ वर्षअघि

मोरङको लेटाङ ५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ ।

एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

Advertisement

सोमबार आदेश जारी गर्दै उनले पूर्वमा मोरङ्गे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्र, उत्तरमा ६ नम्बर वडा कार्यालय क्षेत्र र लेटाङ वडा ३ र ४ को पश्चिम गङ्गे चोक र कमलपुर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाइएको जनाए ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण भएको थियो ।

लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालय

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को का शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी भएको थियो घटना

मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि याैन दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेका थिए ।

कक्षा ७ मा अध्ययनरत छात्रामाथि करणीको प्रयास गरेको भन्दै आइतबार विद्यार्थीहरूले विद्यालयमा आगजनी र तोडफोड गरे ।

होलीको दिन (शुक्रबार) ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेको उनीहरूको आरोप थियाे ।

घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयले बताएका छन् ।

लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।

यसअघिसमेत पौडेललाई अभिभावक र विद्यालय प्रशासनले यस्ता घटना नगर्न चेतावनी दिएका थिए ।

तर शिक्षक पौडेलमाथि पटकपटक आरोप लाग्दासमेत कारबाही नभएको भन्दै आइतबार विद्यार्थीले आक्रोशित बने ।

आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।

शिक्षक पौडेलको मोटरसाइकलमा आगजनी गर्दै आक्रोशित विद्यार्थी

विद्यार्थीले विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो ।

विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो ।

आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरे ।

घटनास्थलमा प्रयाेग गरिएकाे एम्बुलेन्स

जसक्रममा प्रहरी जवान रेणु यादव र उर्मिला श्रेष्ठ घाइते बने । घाइते श्रेष्ठको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।

घटनामा ज्यान गुमाएकी प्रहरी जवान श्रेष्ठकाे घाँटीमा चक्कु प्रहार भएकाे बताइएकाे छ ।

राती घटेकाे उक्त घटनामा परी घाइते भएका २ दर्जन बढीकाे उपचार माेरङ्गका विभिन्न अस्पतालमा भइरहेकाे छ ।

माेरङ्ग प्रशासनले कर्फ्यू जारी गरेसँगै यतिबेला लेटाङ क्षेत्रकाे स्थिती सामान्य रहेकाे छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०