लेटाङ घटना : झपडमा यसरी भएको थियो महिला प्रहरीको हत्या

शिक्षकले दानव रुप देखाएपछि निम्तिएकाे वियाेगान्त घटना

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
२ वर्षअघि

मोरङको लेटाङ ५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ ।

एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

सोमबार आदेश जारी गर्दै उनले पूर्वमा मोरङ्गे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्र, उत्तरमा ६ नम्बर वडा कार्यालय क्षेत्र र लेटाङ वडा ३ र ४ को पश्चिम गङ्गे चोक र कमलपुर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाइएको जनाए ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण भएको थियो ।

लेटाङस्थित शिक्षा विकास माध्यमिक विद्यालय

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को का शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी भएको थियो घटना

मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि याैन दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरूले आन्दोलन थालेका थिए ।

कक्षा ७ मा अध्ययनरत छात्रामाथि करणीको प्रयास गरेको भन्दै आइतबार विद्यार्थीहरूले विद्यालयमा आगजनी र तोडफोड गरे ।

होलीको दिन (शुक्रबार) ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घरमै गएर करणी प्रयास गरेको उनीहरूको आरोप थियाे ।

घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयले बताएका छन् ।

लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।

यसअघिसमेत पौडेललाई अभिभावक र विद्यालय प्रशासनले यस्ता घटना नगर्न चेतावनी दिएका थिए ।

तर शिक्षक पौडेलमाथि पटकपटक आरोप लाग्दासमेत कारबाही नभएको भन्दै आइतबार विद्यार्थीले आक्रोशित बने ।

आक्रोशित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।

शिक्षक पौडेलको मोटरसाइकलमा आगजनी गर्दै आक्रोशित विद्यार्थी

विद्यार्थीले विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो ।

विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो ।

आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरे ।

घटनास्थलमा प्रयाेग गरिएकाे एम्बुलेन्स

जसक्रममा प्रहरी जवान रेणु यादव र उर्मिला श्रेष्ठ घाइते बने । घाइते श्रेष्ठको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।

घटनामा ज्यान गुमाएकी प्रहरी जवान श्रेष्ठकाे घाँटीमा चक्कु प्रहार भएकाे बताइएकाे छ ।

राती घटेकाे उक्त घटनामा परी घाइते भएका २ दर्जन बढीकाे उपचार माेरङ्गका विभिन्न अस्पतालमा भइरहेकाे छ ।

माेरङ्ग प्रशासनले कर्फ्यू जारी गरेसँगै यतिबेला लेटाङ क्षेत्रकाे स्थिती सामान्य रहेकाे छ ।

प्रकाशित समय: सोमबार ७ चैत, २०७८, ०९:३२:०८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८