तस्बिरमा हेर्नुस् हाेलीकाे राैनक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
५ वर्षअघि
हाेलीकाे राैनक

चैत महिना सुरु भएसँगै रङहरूको पर्व होलीको रौनक बढिरहेको छ ।

यस वर्ष चैत ३ गते पहाडमा र चैत ४ गते तराईमा होली पर्व मनाइँदै छ ।

Advertisement

होली नजिकिएसँगै बजारमा होलीमा आवश्यक सामग्रीहरूको व्यापार बढ्छ ।

पछिल्ला दुई वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होलीमा व्यापार हुन सकेको थिएन ।

यस वर्ष व्यापार बढ्ने आँकलन गरिएको भए पनि अपेक्षाअनुरूप व्यापार नभएको व्यापाहरीहरूको दुखेसो छ ।

शुक्रबार तराईमा होली पर्व हुने भएकाले त्यसको तयारीका लागि फाट्टफुट्ट ग्राहकहरू बजारमा देखिन्छन् ।

तर बजार भने उत्साहजनक नरहेको विराटनगरका व्यापारीहरू बताउँछन् ।

विगत दुई वर्षयता यस वर्ष कोभिड सङ्क्रमणको दर घटेका कारण मानिसमा हाेलीकाे राैनक बढे पनि व्यापार बढ्ने आशमा बसेका व्यापारीहरू यस पटक पनि निराश देखिएका छन् ।

पसलमा ‘ह्याप्पी होली’, ‘बुरा नमानो होली है’ लेखिएका टिसर्ट तथा पिचकारी र रङ बेच्न बसेका व्यापारीहरू दोकानलाई होली लागे पनि ग्राहकहरू भने खासै नरहेको बताउँछन् ।

गत वर्ष होलीकै लागि भनेर किनेको सामग्री नबिकेपछि गोदाममा रहेका सोही सामग्री बेचेको उनीहरू बताउँछन् ।

यस वर्ष होली सामग्रीको दाम पनि बढेर आएका कारण पुराना सामानलाई केही दाम बढाएर बेच्नु परेको उनीहरूको भनाइ छ ।

यता, होली विशेष सामग्री किन्न बजार आएकाहरू पनि दाम आकाशिएको बताउँछन् ।

विगतका वर्षहरूको तुलनामा सबै सामग्रीको दाम अचाक्ली बढेको उनीहरूको तर्क छ ।

कोरोना सङ्क्रण दर घटेका कारण निस्फिक्री रूपमा होली खेल्ने तयारी उनीहरूको छ ।

तस्बिरमा हाेली २०७८

 

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०