तस्बिरमा हेर्नुस् हाेलीकाे राैनक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
४ वर्षअघि
हाेलीकाे राैनक

चैत महिना सुरु भएसँगै रङहरूको पर्व होलीको रौनक बढिरहेको छ ।

यस वर्ष चैत ३ गते पहाडमा र चैत ४ गते तराईमा होली पर्व मनाइँदै छ ।

होली नजिकिएसँगै बजारमा होलीमा आवश्यक सामग्रीहरूको व्यापार बढ्छ ।

पछिल्ला दुई वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण होलीमा व्यापार हुन सकेको थिएन ।

यस वर्ष व्यापार बढ्ने आँकलन गरिएको भए पनि अपेक्षाअनुरूप व्यापार नभएको व्यापाहरीहरूको दुखेसो छ ।

शुक्रबार तराईमा होली पर्व हुने भएकाले त्यसको तयारीका लागि फाट्टफुट्ट ग्राहकहरू बजारमा देखिन्छन् ।

तर बजार भने उत्साहजनक नरहेको विराटनगरका व्यापारीहरू बताउँछन् ।

विगत दुई वर्षयता यस वर्ष कोभिड सङ्क्रमणको दर घटेका कारण मानिसमा हाेलीकाे राैनक बढे पनि व्यापार बढ्ने आशमा बसेका व्यापारीहरू यस पटक पनि निराश देखिएका छन् ।

पसलमा ‘ह्याप्पी होली’, ‘बुरा नमानो होली है’ लेखिएका टिसर्ट तथा पिचकारी र रङ बेच्न बसेका व्यापारीहरू दोकानलाई होली लागे पनि ग्राहकहरू भने खासै नरहेको बताउँछन् ।

गत वर्ष होलीकै लागि भनेर किनेको सामग्री नबिकेपछि गोदाममा रहेका सोही सामग्री बेचेको उनीहरू बताउँछन् ।

यस वर्ष होली सामग्रीको दाम पनि बढेर आएका कारण पुराना सामानलाई केही दाम बढाएर बेच्नु परेको उनीहरूको भनाइ छ ।

यता, होली विशेष सामग्री किन्न बजार आएकाहरू पनि दाम आकाशिएको बताउँछन् ।

विगतका वर्षहरूको तुलनामा सबै सामग्रीको दाम अचाक्ली बढेको उनीहरूको तर्क छ ।

कोरोना सङ्क्रण दर घटेका कारण निस्फिक्री रूपमा होली खेल्ने तयारी उनीहरूको छ ।

तस्बिरमा हाेली २०७८

 

 

प्रकाशित समय: बिहिबार ३ चैत, २०७८, १४:४२:११
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
मङ्गलबार २६ साउन, २०८३
बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता
सोमबार २५ साउन, २०८३
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा
सोमबार २५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०