एक्लै चुनाव लड्न एमाले तयार छः अध्यक्ष ओली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ चैत, २०७८
४ वर्षअघि
एमाले

आउँदो स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ७० प्रतिशतसम्म सिट जित्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

नेपालमा प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था रहेकाले सोही अनुसार आफूहरू प्रतिस्पर्धा गर्न र त्यसमा विजयी हुन तयार रहेको ओलीले बताए ।

‘हामीलाई चुनाव जित्न कसैको वैशाखी टेक्न आवश्यक छैन’ सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सिट सङ्ख्या, पालिका लगायत अन्य सबै हिसाबले एमालले ६०-७० प्रतिशत स्थानीय तहमा एक्लै चुनाव जित्न सक्ने सामथ्र्य राख्छ ।’

चुनावमा सबैलाई रिझाएर जान नसकिने भन्दै अध्यक्ष ओलीले एक्लै चुनाव लड्ने तरिकाले तयारी सुरू गर्न नेता-कार्यकर्तालाई आग्रह गरे ।

‘प्रतिस्पर्धात्मक प्रणाली हामी आफैंले रोजको व्यवस्था हो त्यसकारण हामी लड्न तयार रहनुपर्छ । अन्य पार्टीलाई मिलाउने, सर्वसम्मत् गर्ने कुरा भन्न र सुन्न मिठा होलान् तर चुनावमा त्यो सम्भव हुन्छ त ?’ चुनावको तयारी गर्न निर्देशन दिँदै ओलीले भने, ‘त्यसैले चुनाव एक्लै लड्ने गरी तयारी गर्नुहोस् । स्वस्थ प्रतिस्पर्धामा सहभागी बनौँ ।’

राजनीतिक प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हुने भएकाले वर्तमान राजनीतिक अवस्थानमा नेपाली जनताको निणर्य थाहा पाउन एमाले तयार रहेको अध्यक्ष ओलीले बताएका छन् ।

प्रकाशित समय: मङ्गलबार १ चैत, २०७८, २२:२२:३४

सम्बन्धित खबर

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
४ हप्ताअघि

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने

मङ्गलबार १९ साउन, २०८३
१ महिनाअघि

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
१ महिनाअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

सोमबार ४ साउन, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०