सामान्य सोचेको मिर्गौलाको पत्थरीले किड्नी फेल गराउन सक्ने

मिर्गौलामा पत्थरी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
५ वर्षअघि
Kidney

शरीरमा पानीको कमि हुदा देखिने धेरै रोगमध्ये एक हो मिर्गौलाको पत्थरी ।

मिर्गौलामा विभिन्न रोग लाग्न सक्ने भए पनि धेरैजसो मानिसमा वा धेरै देखिने भनेको मिर्गौलाको पत्थरी हो । मिर्गौलामा ढुङ्गा बने पनि बिरामीलाई थाहा हुने वा कुनै लक्षण नदेखिने हुनसक्छ ।

Advertisement

मिर्गौलामा बनेको ढुङ्गाको आकार सानो हुदा, पिसाबको नली, पिसाबको थैलीमा नअड्किदा यसले कुनै समस्या वा लक्षण देखाउँदैन ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डाक्टर दीलिपकुमार साहका अनुसार पत्थरीको समस्याले कुनै लक्षण नदेखिने, गम्भीर लक्षण देखिनेदेखि किड्नी फेल गराउन सक्छ ।

मिर्गौलामा बन्ने ढुङ्गाको प्रकार, र ढुङ्गा बस्ने ठाउँ सबैमा फरक हुने हुदा सबैमा फरक फरक लक्षण देखिन सक्ने उनले बताए ।

‘पत्थरीको समस्या भएका कतिपय मानिसमा कुनै समस्या देखिदैन, कतिपयमा भने यसले गम्भीर लक्षण गराउँने तथा समयमा उपचार नगरेमा यसले किड्नी फेल समेत गराउँन सक्छ’, उनले भने ।

पत्थरी मिर्गौलामा मात्र नभई पिसाबको नली, पिसाबको थैली, पिसाबको सानो नलीमा बसेको हुनेहुदा यसको लक्षण ढुङ्गा कत्रो छ, कतिवटा छ र कहाँ छ भन्नेमा निर्भर हुने उनि बताउँछन् ।

‘शरीरमा भएको पत्थरी सानो भएमा अथवा अड्किएन भने व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखिदैन’, उनले भने, ‘जसकारण व्यक्तिले आफूमा पत्थरी भएको लामो समयसम्म थाहा नपाउने वा ढुङ्गा आफैँ निस्केर जाने हुन्छ’ ।

तर, पत्थरी पिसाबको थैली वा नलीमा अड्किए एक्कासी अत्यधिक दुखाइ हुने, पिसाबमा समस्या हुने, पिसाब रातो हुने हुन्छ ।

यसबाहेक कोखा अचानक दुख्ने, ज्वरो आउने, पिसाब रोकिनु, पिसाब फेर्न असहज हुनु, ढुखाइ ढाडबाट अगाडि सर्दै जाने जस्ता लक्षण देखिएमा पत्थरी भएको शंका गर्न सकिने उनको भनाइ छ ।

सुरुवाती अवस्थामा रोग निदान गर्न सके सबै बिरामीलाई मिर्गौलाको पत्थरी शल्यक्रियाको आवश्यकता नहुने डा. शाह बताउँछन् ।

ढुङ्गा सानो भएमा पानी धेरै खाँदा ढुङ्गा आफैँ निस्कने हुन्छ । तर, ढुङ्गाको आकार सानो भएपनि गलत ठाउँमा बसेको, पिसाबको नलिमा अड्किएमा शल्यक्रियामार्फत ढुङ्गा निकाल्नु पर्ने हुनसक्छ ।

देखिएका लक्षणलाई नियन्त्रण गरि, ढुङ्गाको आकार र ढुङ्का के कारणले बनेको छ भनेर पत्ता लगाई यसको उपचार गरिने उनले बताए ।

 

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०