नेपाली भान्सामा रुस-युक्रेन युद्धको असर : फेरि बढ्यो खाने तेल भाउ !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ फाल्गुण, २०७८
५ वर्षअघि
युद्धको असर

नेपाली भान्सामा रुस-युक्रेन युद्धको असर देखिन थालेको छ ।

नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुलुक रुस र युक्रेनको युद्धको असर देखिएको हो ।

रुस-युक्रेनबीच युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् ।

युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ ।

अहिले बजारमा खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपैयाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार केही समयअघि मात्र खाने तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढेको थियो ।

फेरि युक्रेनमा युद्धको असर भन्दै पुनः मूल्य बढाउन थालेका हुन् ।

सङ्घका महासचिव अमुल तुलाधरका अनुसार पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनीलगायतका अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।

उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने भन्दै उनले युक्रेनको युद्ध सुरु हुनासाथ बहाना बनाएर खाने तेल र अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि गरिसकेको बताए ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने पछिल्लो समय तेलको मूल्य थोरै बढ्न थालेको भन्ने हल्ला सुनेको र यस विषयमा चनाखो रहेको जनाएको छ ।

विभागका बजार निरीक्षक धनेश्वर पौडेलले केही समयअघि बढेको तेलको मूल्यको विषयमा विभागले अध्ययन गरिरहेको बताए ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साता महिनामा युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको पाँच करोड ७३ लाख ६४ हजार केजी सनफ्लावर तेलको कच्चापदार्थ आयात भएको छ ।

नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको अधिकांश आपूर्ति युक्रेनबाट नै हुने गरेको उद्योगीले बताएका छन् ।

माघ मसान्तसम्म नेपालले युक्रेनबाट मात्रै १७ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

नेपालले युक्रेनबाट तेलका लागि आवश्यक पर्ने कच्चापदार्थ, सुन तथा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ ।

नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेनबाट नेपालमा खपत हुने सनफ्लावर खाने तेलको कच्चापदार्थ आयात गरिँदै आएको छ ।

नेपालमा खाने तेलको मागको झन्डै ५० प्रतिशत बजार सनफ्लावर तेलले धानेको छ ।

प्रकाशित समय: मङ्गलबार १७ फाल्गुण, २०७८, १२:२९:०२

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
२ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
२ महिनाअघि
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०