एमसिसी आजै अनुमोदन गर्न सत्ता गठबन्धनका सबै दल सहमत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ फाल्गुण, २०७८
५ वर्षअघि
सत्ता गठबन्धन

सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । एमसिसी आजै पारित हुने बताइएकाे छ ।

एमसिसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

Advertisement

उनका अनुसार सत्ता गठबन्धनको सबै दलमा एमसिसीमा शङ्का रहेका विषयमा टिप्पणी गर्दै सहमति जुटेको हो ।

बैठकपछि पत्रकारसँग बोदै पौडेलले एमसिसी नेपालको संविधानअनुरुप लागू हुने पनि बताए ।

यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उनको भनाइ छ ।

‘व्याख्यात्मक टिप्पणीमा याे इन्डोप्यासिफिक रणानीतिअन्तर्गतकाे हाेइन र याे नेपालमा नेपालकाे संविधान नै सर्वाेपरी हुन्छ र यसलाई विकास सहयाेग हाे भन्ने मात्र हामी बुझ्छाैँ,’ उनले भने ।

यसै कुरा समावेश गरी साे बारेकाे छलफलपछि एमसिसीकाे दस्तावेजसँग राखेर सरकारले पेस गर्ने र त्यसलाई अनुमाेदन गरिने उनको भनाइ छ ।

पहिलाे सत्रमा छलफल हुने र दाेस्राे सत्रमा पारित हुने पाैडेलले बताए ।

यसअघि नै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमसिसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

पार्टी बैठक सकेर अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अब, आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची छ ।

शनिबार सार्वजनिक भएको सम्भावित कार्यसूचीअनुसार एमसिसीमाथि छलफल हुने छ ।

एमसिसीको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने छन् ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो ।

शुक्रबारको बैठकअघि एमसिसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०