आज बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
आज शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठक स्थगित गरिएकाे सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको हो ।
अमेरिकी मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे संसद् बोलाइएको थियो ।